काठमाडौँको सामाखुशीमा घर भत्कियो, एकजना गम्भीर घाइते

२०७८ भाद्र ५, शनिबार १०:०९ गते २०७८ भाद्र ५, शनिबार १०:०९ गते २०७८ भाद्र ५, शनिबार १०:०९ गते

काठमाडौँको सामाखुशीमा घर भत्कियो, एकजना गम्भीर घाइते
काठमाडौं, ४ भाद्र । काठमाडौँको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका-२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिनुभयो ।

घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौँको सामाखुशी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed