काठमाडौं, ५ भाद्र : कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान निधन भएको हो । कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिए । उनलाइ ललितपुरको पाटन अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिए थियो । थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो l

पारिवारिक स्रोतका अनुसार कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । कलाकार थापा पछिल्लो समय टेलिफिल्म हल्का रमाइलो र गोलमालमा देखिँदै आउनुभएको थियो । उहाँलाई ९ दिनसम्म भेण्टिलेटरमा राखियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि १९ दिन अगाडि अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण गत मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

कलाकार तथा निर्देशक जीवन थापाले भन्नुभयो दाईलाई जति प्रयास गरेपनि बचान सकिएन । ‘१९ दिन अगाडि अस्पताल भर्ना हुनुभएका थापाको गत मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ जीवनले भन्नुभयो ‘मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उहाँलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको थियो ।’

भेन्टिलेटर ९ दिन राखियो । कुनै समय केही सुधार भएको देखिन्थ्यो । शम्भुराज थापा पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्रमा अभिनय गर्दै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

कलाकार एवम् निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले उनको निधन भएको जानकारी दिदै आफ्नो फेसबुक स्टाटस लिख्दै भाबुक पोस्ट गरका हुन् । त्यस्तै हास्यकलाकार शिबहरिले पनि यो खबरले आफु निकै मर्माहित भएको भन्दै फेसबुक मार्फत जानकारी दिएका छन । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed