राजेश हमाल:फिल्म क्षेत्रमा आएर मात्र हुन्न, टिक्न सक्नुपर्छ

२०७८ भाद्र ५, शनिबार १५:१६ गते २०७८ भाद्र ५, शनिबार १५:१६ गते २०७८ भाद्र ५, शनिबार १५:१६ गते

अभिनेता राजेश हमालले फिल्म क्षेत्रमै केही गर्छु भनेर आउनेले यस क्षेत्रमा टिक्न सक्नु पर्ने बताएका छन् l कान्तिपुर फिल्म एकेडेमीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै हमालले भने-फिल्ममा प्रवेश गर्न जो पनि सक्छ । अभिनय, निर्देशन, निर्माण जसले पनि गर्न सक्छ तर टिकिरहन जो पनि सक्दैन ।                                                                                             पुजी छ, चिनाजान छ भने सबै जना पहिलो फिल्ममा हिरो-हिरोइन बन्न सक्छन् । तर, पहिलो फिल्म नै दर्शकले स्वीकार गरेनन् भने त्यसपछि मरिहत्ते गरे पनि अगाडि बढ्न न सक्ने उनको भनाइ छ l फिल्ममा काम गरुन्जेल हर पल, हर कदम, हर खुड्किलामा चुनौतीको सामना गर्दै अगाडि बढ्नु पर्ने उनको भनाई छ । कहिले काहि पछी हट्नु पर्ने अवस्था पनि आउन सक्छ तर उक्त समय आफुलाई बुज्न सकियो भने अवस्य सफल हुने छौ l                                                                              फिल्म क्षेत्रले अत्यन्त ठुलो त्याग, धैर्यता, मिहेनत र आत्मविश्वास माग्ने हमालले अभिव्यक्ति दिएका छन् l चुनौतीको सामना गर्दै अघि बढ्न सके मात्र यस क्षेत्रलाई केही दिन सकिन्छ l थप् उनले यस फिल्म क्षेत्रलाई लोकतान्त्रिक क्षेत्रको उपमा पनि दिएका छन् l

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed