मिर्गौला पीडितलाई सहयोग भन्दै पोखरामा चन्दा उठाउने झापाका तीन पक्राउ

२०७८ भाद्र ५, शनिबार २०:०० गते २०७८ भाद्र ५, शनिबार २०:०० गते २०७८ भाद्र ५, शनिबार २०:०० गते

मिर्गौला पीडितलाई सहयोग भन्दै पोखरामा चन्दा उठाउने झापाका तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ ।

युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा सङ्कलन गर्ने संस्थाकी अध्यक्ष झापाको विर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत र सदस्यद्वय हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी तथा विर्तामोडका ३२ वर्षीय टेकबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाई वे स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र रु चार लाख छ हजार ४०६ नगदसहित पक्राउ गरिएको हो ।

उनीहरुले पाल्पा जिल्ला साविक झडेवा गा.बि.स वडा न-५ हाल माथगढी गाउँपालिका वडा न -४ बस्ने मृगौला पीडित ३६ वर्षीय चुडा बहादुर रुचालको उपचारका लागि भन्दै पोखरामा अटो ट्याम्पो मार्फत चन्दा संकलन गर्दै आएका थिए।

उनीहरुले ‘युनिक स्वयंसेवक नेपाल’ केन्द्रिय कार्यालय संस्था धरान सुनसरी नामको संस्था दर्ता गरी विभिन्न १२ जना बिरामीको नाउँमा चितवन, तनहुँ, दैलेख, सुनसरी, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङजा लगायतका जिल्लाहरूमा बिना अनुमति चन्दा संकलन गरेको खुलेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार उनीहरुले चन्दा संकलनकै लागि भनेर १० वटा अटो ट्याम्पो भाडामा लिएर देशका प्रमुख शहरमा मृगौला पीडितको नाउँमा चन्दा संकलन गर्ने गरेका थिए।

पक्राउ परेका उनीहरुबाट प्रहरीले चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा तथा चार लाख छ हजार चार सय छ रुपैयाँ वरामद गरेको छ।

उनीहरूविरुद्ध विरुद्ध चन्दा ऐन २०३० अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed