एनआरएनए युवा संयोजकमा मनोज श्रेष्ठ गोर्खालीको उम्मेद्वारी

२०७८ भाद्र ५, शनिबार २१:०३ गते २०७८ भाद्र ५, शनिबार २१:०३ गते २०७८ भाद्र ५, शनिबार २१:०३ गते

काठमाडौ –युवा सामाजिक अभियन्ताको रुपमा परिचित धादिङ घर भई युएई बस्दै आएका मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले (एनआरएनए) को आउँदो निर्बाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा रहेका ‘गोर्खाली’ ले आगामी अक्टोबर २३–२५ मा हुने एनआरएनएको केन्द्रिय अधिवेशनमा आफ्नो उम्मेदवारी युवा संयोजकमा रहने बताएका हुन् ।

सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशीलता एनआरएनएमार्फत पूरा गर्ने मेरो प्रतिवद्धता भन्ने मूल नाराका साथ आफुले युवा संयोजकमा उम्मेदवारी दिन लागेको गोरखालीले बताए । नेपालमा जुनसुकै विपत पर्दा राहत बोकेर आउने गरेका ‘गोरखाली’ नेपाल र विदेशमा रहेका युवाहरु बीच परिचित नाम हो । गोर्खाली हाल मध्यपूर्व उपसंयोजक, एनआरएनए स्पोर्टस एकेडेमी ब्यवस्थापन निर्देशक, समाजसेबी र सफल ब्यवासायीसमेत हुन । उनले एनआरएनएमा बिगतको लामो समयदेखि गरेका कामहरुअसंख्या रहेका छन् । उनलाई एनआरएनएमा सक्रिय र होनहार ब्यक्तिका रुपमा चिनिन्छ ।

कसैको ज्यान जोगाउनको लागि गोर्खाली साँझ गरेर आएको पैसाले नेपालमा किड्नि फेल भएकाहरुलाई सहयोग गर्दै आईरहेका छन गोर्खालीले । घरको छाना नभएर रातभर हिउँदमा आकाशका तारा गन्नुपर्ने र बर्षायाममा मुसलधारे पानीमा रुजेर ज्यान जोगाउदै गरेका र भोक–भोकै परेका चेपाङ बस्तीका घरमा टिनको छाना र गाँसबासको ब्यवस्था गर्दै आईरहेका छन गोर्खालीले । त्यस्तै गोर्खालीको संयोजकमा पर्सा जिल्लामा हावा हुण्डरिले क्षती पुर्याएको १००० घर भन्दा धेरै परिवारलाई राहत बितरण गरिएको थियो । त्यस्तै कोभिडको महामारीमा दुबईमा अलपत्र परेका नेपालीहरुलाई ज्यानको पर्वाह नगरि घर घर कोठा कोठामा गएर राहत बितरणसमेत गरेका थिए उनले ।

त्यस्तै कोभिडको दोस्रो लकडाउनमा नेपाल आएर घाम पानी र कोभिडको प्रबाह नगरि एक हप्तासम्म नेपाल एयरपोर्टमा बसेर मध्यपूर्व र अन्य एनआरएनए एनसिसीहरुले पठाइएका अक्सिजन कर्न्सनटेटर र स्वास्थ्य सामाग्रीहरुलाई स्वास्थ्य मंत्रालयदेखी लिएर हरेक प्रदेश प्रदेश सम्म ब्यवस्थापन गर्ने काममा पनि गोर्खाली अग्रपंक्तिमा उभिए । त्यस्तै नेपालको आठौ राष्ट्रिय खेलकुदमा एनआरएनएले पहिलोपटक भाग लिएर १६ वटा मेडल लिन सफल हुनुमा पनि गोर्खालीको मुख्य भुमिका रहेको थियो ।

गोर्खाली आफै पनि कुनै बेला नेपालको राष्ट्रिय खेलाडी रहेका थिए । युवाका लागी धेरै काम गरेका गोर्खाली युवा संयोजकमा निर्बिरोध हुने सम्भाबना बढेर गएको छ । गोर्खालीले एनआरएनएको मुख्य उद्देश्यमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उदेश्यले विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताको सुत्रमा बाँधेर एनआरएनएको मुख्य उद्देश्य ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मुख्य अभिप्रायका साथ यसपटक युवा संयोजक पदको लागि उम्मेदवारी दिएको बताए ।

एनआरएनए अभियानमा बिगत लामो समयदेखिको सक्रियाता, सफलता र अनुभव सदुपयोग गर्दै साथै नेपाली समुदायले आशा र भरोसाका रुपमा स्वीकार गरेको एक मात्र विश्वसनीय संस्थाले आफुलाई दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मुलक ढंगले मध्यपूर्वमा ऐतिहासीक सफलता प्राप्त गरेको दक्षता, सिप, क्षमता र अनुभवलाई आईसीसि युवा संयोजकका माध्यमबाट विश्वसामु पस्कन पाउँने पूर्ण विश्वास र प्रतिवद्धतासहित उम्मेदवारी दिएको गोर्खालीले बताएका छन् ।

गोर्खालीले नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा रहेका नेपाली युवाहरुले भोग्नुपरेको समस्यालाई समाधान गर्न तत्पर रहेको बताए । प्रत्येक मुलुकबाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो सँस्था हो भन्ने बनाउन आवश्यक रहेको उनले बताए । सबैलाई समेटन बाँकी नै रहेको हँुदा यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउन लागेकाले सबैको साथ र सहयोगका लागी गोर्खालीले अपिल गरेका छन । उनले आफुलाई बिगतमा जस्तै बिश्वासा गरेर युवा संयोजकमा विजयी गराउन विश्वमा रहेका सबै गैरआवासीय नेपालीलाई अनुरोध गरेका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed