‘शुरुमा थोरै खोल्न लगाए, पछि त पुरै खोलेर भिडियो बनाउन थाले’

२०७८ भाद्र ५, शनिबार २१:२७ गते २०७८ भाद्र ५, शनिबार २१:२७ गते २०७८ भाद्र ५, शनिबार २१:२७ गते

‘शुरुमा थोरै खोल्न लगाए, पछि त पुरै खोलेर भिडियो बनाउन थाले’राज कुन्द्रा पक्राउ प्रकरणमा बलिउड हहअभिनेत्री सर्लिन चोपडाले पो*र्नोग्रा*फी र्‍याकेट केसको स्क्यान्डलमा फस्छु भन्ने कहिल्यै नसोचेको बताएकी छन्।

मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रबार राति लिएको आठ घण्टा लामो बयानका क्रममा सर्लिनले भनिन्, ‘राज कुन्द्रा मेरो मेन्टर थिए। उनले ग्लामर फोटोग्राफी भन्दै झुक्काएर फोटो तथा भिडियो सुट गर्थे’, सर्लिनले मुम्बई प्रहरीको लामो बयानपछि भारतीय मिडियासँग कुरा गर्दै भनेकी छन्, ‘शिल्पा सेट्टीले मेरो भिडियो र फोटो निकै मन पराएको भन्दै पो**र्न भिडियो बनाउँथे। न्युड फोटो सुट र पो**र्न भिडियो सामान्य भएको भन्दै नयाँ नयाँ काम गर्न उक्साउँथे।’

बयान रेकर्ड गर्दा सर्लिन निकै भावुक बनेकी थिइन्। उनले बयान कहाँबाट कसरी दिने भन्ने थाहा नभए पनि आफूले भोगेका सबै कुरा प्रहरीसँग गरेको बताएकी छन्।

‘बयान कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने भन्ने मलाई केही थाहा छैन। मैले कहिले पनि सोचेकी थिइनँ कि यस्तो स्क्यान्डलमा फस्छु र क्राइम ब्रान्चसँग बयान दिन्छु भनेर’, सर्लिन भनेकी छन्, ‘मलाई लागेको थियो मेरो जिन्दगी बदलिन्छ र मैले चलचित्रमा ठूलो ब्रेक पाउने छु। शिल्पा सेट्टीका पतिले मलाई गलत काम गराइरहेका छन् भन्ने कुरा मैले सपनामा पनि सोचेको थिइनँ।’

राज कुन्द्राको कम्पनीसँग सम्झौता नै गरेर काम गरेको पनि उनले दाबी गरिन्। ‘सुरुमा बोल्ड फोटो र भिडियोबाट काम सुरु भएको थियो। त्यसपछि सेमी न्यु**ड हुँदै न्यु**ड भिडियो बनाइयो’, उनले भनिन्, ‘मलाई सधैं यो काम गलत होइन भनेर भन्ने गरिन्थ्यो। मलाई विश्वास दिलाइएको थियो कि त्यो सबै नर्मल काम थियो।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed