काठमाडौ । चर्चित हाँस्य कलाकार तथा फिल्म निर्माता निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन । उनलाई सामाजिक सञ्जालवाट धेरैले शुभकामना दिइरहेका छन् । त्यसमध्य उनका साथी तथा सहकर्मी दीपकराज गिरीले दिएको जन्मदिनको शुभकामना निकै भावुक र मर्मस्पर्शी छ । दीपकका अनुसार दीपासंग उनको ३० वर्ष अघि भेट भएको थियो ।

उनीहरु पहिलो पटक रेडियो नेपालमा भेट भएका थिए । ३० वर्ष देखि सहकार्य गर्दा दीपाले आफ्ना लागि दिएको योगदानको उनले उच्च प्रशंसा गरेका छन् । दीपाजस्तो साथी दिएकोमा उनले भगवानलाई धन्यवाद समेत दिएका छन् । दीपकले सोमवार सामाजिक सञ्जाल फेसवुकमा लामो स्टटास लेख्दै दीपालाई जन्मदिनको शुभकामना ब्यक्त गरेका हुन् ।

यस्तो छ उनको स्टटास जस्ताको त्यस्तै , ३० बर्ष अघिको कुरा हो, म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न खुट्टामा चप्पल हुन्थ्यो , शरिरमा झुत्रे लुगा तर ऑखामा मिठो सपना थियो । मिहेनत धेरै गरे , संघर्ष धेरै भयो ,तर सफलता अझै टाढा थियो । हरेक दिन संघर्ष संगै इश्वर संग प्राथना गरिरहन्थे

न मेहनत काम लागिरहेको थियो , न प्रार्थना, त्यहि समय रेडियो नेपालमा एकदिन उनि संग मेरो भेट भयो, त्यो भेट बिस्तारै सहकार्यमा बदलियो, “राम बिलास धनियॉ “ ५ बर्ष , “ तीतो सत्य”१२ बर्ष ।

बिभिन्न चलचित्रहरू १० बर्ष गर्दै आज म यॉहा आइपुगेको छू, मैले इश्वर संग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिए, तर इश्वरले आशीर्वादको रूपमा कतिबेला उनिलाइ मेरो साथि बनाएर पठाएछन् पत्तै भएन । उनि एउटा यस्तो साथि ,जो अरूको खुशिका लागि आफ्नो खुशि त्यागिदिन्छ ,जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरू लाइ पिन्जडामा थु न्न सक्छ ।

अरूकै लागि हॉस्न सक्ने,अरूकै लागि बॉच्न सक्ने, कसैको ऑशु देख्नै नसक्ने , मुख अलि छुच्चो तर मन सारै कमलो, जस्ले जे भनोस उनि संसार कै सबैभन्दा जाती छिन्, मेरो एउटा साथि छिन्, जो सबैभन्दा माथि छिन्, तिमिलाइ जन्मदिनको लाखौ, करौडौ, अरबौ, खरबौ शुभकामना, प्रिय साथि दीपा ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *