तौल घटाउने यि ५ गलत धारणा, यस्ताे छ जान्नैपर्ने वास्तविकता ! तौल कसरी घटाउने भन्ने कुरा अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बन्दै गएको छ । अस्तव्यस्त जीवनशैली, अनियन्त्रित खानपान र निस्किय दिनचर्याका कारण मोटोपन बढ्दो छ ।
मोटोपन घटाउनका लागि हरेकले आ-आफ्नै तौर-तरिका अपनाउने गरेका छन् । कोहि डाइटिङ गर्छन् त कोहि कडा व्यायाम गर्छन्, कोहि जिम धाउँछन् । मोटोपन कसरी घटाउने वा आफ्नो तौललाई कसरी सन्तुलित राख्ने भन्ने सम्बन्धमा अनेकन भ्र-म पनि छन् । यस्ता छन् केहि भ्रम र वास्तविकता:-
१) भ्रम:- लो फ्याट वा फ्याट फ्रि खानेकुरामा क्यालोरी कम हुन्छ । वास्तविकता:- लो फ्याट वा फ्याट फ्रि भन्दैमा त्यसले तौल बढाउँदैन भन्ने होइन किनभने त्यस्ता खानेकुरामा अलग प्रकारको कार्ब वा शुगर हुनसक्छ । स्याँउ एक लो फ्याट भएको फल हो तर, यसको मतलव यसमा क्यालोरी हुँदैन भन्ने होइन ।
२) भ्रम:- व्यायामबाट बढी लाभ उठाउनका लागि कम्तीमा ४५ मिनेट वर्कआउट गर्नुपर्छ । वास्तविकता:- केवल ३० मिनेटको वाकिङबाट पनि क्यालोरी बर्न गर्न सकिन्छ । दिनहुँ ५ देखि ३० मिनेटसम्म टहल्ने गर्नुहोस् र, यो अवधीलाई क्रमस बढाउँदै लानुहोस्
३) भ्रम:- तौल घटाउनका लागि खानामा कटौती गरे हुन्छ, व्यायाम गरिरहनु पर्दैन । वास्तविकता:- सन्तुलित र नियन्त्रित खानपानका साथै व्यायाम पनि गर्नु पर्छ । खाना कटौती गरेर शरीरमा अतिरिक्त क्यालोरी जम्मा नगर्नु भन्दा व्यायाम गरेर क्यालोरी बर्न गर्नु राम्रो हो । नियमित रुपमा एउटा तालिका बनाएर व्यायाम गर्नुहोस् ।
४) भ्रम:- खाना कम खानु तौल घटाउने राम्रो काइदा हो । वास्तविकता:- भोजन कम गर्दा शरीरको पाचन क्षमता कम हुन्छ । शरीरलाई आवश्यक पोषण तत्वको अभाव हुन्छ । यसले तौल घट्ने होइन, बरु कमजोरी हुन्छ । त्यसैले खाना छाड्ने होइन, दिनमा धेरै पटक खानेकुरा खानुहोस् । तर, एकै पटकमा धेरै खानेकुरा होइन, थोरै-थोरै सेवन गर्नुहोस् ।
५) भ्रम:- कार्बोहाइड्रेट तपाईको शरीरको लागि ठीक हुन्न । वास्तविकता:- कार्बोहाइड्रेट शरीरको यन्त्रको मूख्य इन्धन हो । लो फ्याट र धेरै कार्बोहाइड्रेटयुक्त खानेकुरा शरीरको लागि उपयुक्त हुन्छ । यसले तौल बढाउँदैन ।
Views: 0