इन्डियन आइडल १२ को विजेता पवन दीप लाई अरुणिताले दिइन ७० लाखको गाडी उपहार

२०७८ भाद्र ९, बुधबार ११:०६ गते २०७८ भाद्र ९, बुधबार ११:०६ गते २०७८ भाद्र ९, बुधबार ११:०६ गते

एजेन्सी । इन्डियन आइडल १२ का विजेता पवनदीप राजन यो साता भर चर्चामा छन् । इन्डियन आइडल १२ का विजेता भएसँगै पवन दीपले २५ लाख रुपैयाँ र एक कार प्राप्त गरेका थिए ।

उनलाई फेरी अरुणिता कांजीलालले आदी क्युसेभेन (कार) उपहार दिएकी छिन् । यसको मुल्य ७० लाख देखि ८० लाख रुपैयाँ पर्छ ।त्यस्तै, इन्डियन आइडल १२ मा सहभागी हरुले उनलाई उपहार दिइरहेका छन् ।सायली कांबलेले पवनदीप लाई ७२ हजार रुपैयाँको एक सुनको चेन दिएकी छिन् ।

यसैगरी, मोहम्मद दानिसले पवनदीपलाई १४ लाख रुपैयाँको गितार उपहार दिएका थिए ।अंजली गायकपाडले पनि पवनदीप लाई ४ लाख रुपैयाँको प्लेटिनम ब्रेसलेट दिएकी हुन् ।त्यस्तै, पवनदीप लाई आशीश कुलकर्णीले ३५ हजार रुपैयाँ बराबरको जुत्ता दिएका थिए र शन्मुखप्रियाले सवा लाख रुपैयाँको सुट दिएका थिए ।

यो पवनदीपको लागी सबै प्रतियोगीहरुको माया हो । उनी विजेता बनेपछि सबैले खुशी भएर उपहार दिएका हुन् ।पवनदीपले सबैलाई आफ्नो परिवारको रूपमा व्यवहार गर्छन् र सबैसंग एक यात्रा गर्ने योजना बनाइरहेका छन् ।पवनदीप र अरुणिताको निकटताको खबर लगातार बाहिर आइरहेका छन् ।

यद्यपि उनीहरुले भने साथीको रूपमा वर्णन गर्दै आएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *