सलमानले चलाएको गाडीमा आखिर किन बस्न चाहान्निन उनकी आमा ? यस्तो छ कारण

२०७८ भाद्र ९, बुधबार १८:०९ गते २०७८ भाद्र ९, बुधबार १८:०९ गते २०७८ भाद्र ९, बुधबार १८:०९ गते

एजेन्सी । सलमान खान झण्डै ३ दशक देखि बलिउडमा नम्बर वानमा छन् । उनका फ्यानहरु करोडौंमा छन् । उनका फिल्मले बक्स अफिसमा पाउने सफलताका कारणले पनि उनको क्रेज छ । भारतीय मिडिया उनका वरीपरी घुम्छन् । तर सलमानको लागि उनकै आमा संसार हुन् ।

सलमान र उनकी आमा सलमाबीच निकै गहिरो प्रेम छ । उनी आमालाई सबैभन्दा बढी माया गर्छन । ५० वर्ष पार गरेका सलमान अविवाहित छन् । तर पनि अझै उनको विवाहको चर्चा भने सेलाएको छैन । उनलाई विवाहको प्रश्नको सामना गरिरहनुपर्छ । अविवाहित सलमान प्राय वाहिर नजाँदा आमासंगै देखिन्छन् । तर एक त्यस्तो ठाउँ छ जहाँ उनकी आमा साथमा हुँदिनन् । त्यो हो सलमानले चलाएको गाडी । बाहिर भने उनीहरु एकअर्कासँग कमै देखिने कारण सलमानको ड्राइभिङ हो ।

सलमाका अनुसार उनी सलमानसँग गाडीमा हिँड्न डराउँछिन्। उनले यो कुरा फरहान खानको च्याट सोमा उपस्थित भएको बेला भनेकी थिइन्। ‘सलमानले गाडी चलाएको बेला म उसँग बस्दिन,’ सलमाले फरआनलाई भनेकी थिइन्।

आमाको यस्तो कुरा सुनेपछि सलमानले सोधे, ुआमा, तपाईं मैले गाडी चलाएको बेला किन बस्नु हुन्न ? तपाईं मेरो ड्राइभिङबारे गलत धारणा दिँदै हुनुहुन्छ।’ सलमानको कुरालाई स्पष्ट पार्दै सलमाले भनिन्, ‘त्यस्तो होइन। सलमानलाई ट्राफिक सिग्नलमा रोक्न मन लाग्दैन। गाडी घुमाएर बस्छ, अनि मलाई चक्कर आउन थाल्छ।’

सलमाले च्याट सोमा सलमानको ड्राइभिङबारे कुरा गरिरहँदा सलमान यसै विषयको समस्यामा थिए । उनको गाडीे सडक पेटीमा रहेका ५ जना माथि चढेको थियो । जसमध्य एक जनाको निधन भएको थियो ।

फरहानसँगको च्याट सोमा सलमानले यो घटनाबारे पनि बोलेका थिए, ‘आमा ममाथि दुर्घटनाको समस्यामा कानुनी प्रकृयामा छु भन्ने थाहा हुँदाहुँदै तपाईं किन मेरो ड्राइभिङको खेदो गरिरहनु भएको छ ? च्याट सोमा आएर यस्तो कुरा गर्नु हुँदैन भनेर तपाईंलाई थाहा छ त।’

सलमा आफ्ना अर्का दुई छोरा सोहेल र अरबाज खानले गाडी चलाउँदा पनि डराउँछिन्। च्याट सोमा सलमानले बालापनका सम्झनाहरु पनि सेयर गरेका थिए। ‘जब आमा मलाई छोडेर कतै बाहिर जान खोज्नु हुन्थ्यो, म उहाँको पछ्यौरा समातेर रुन थाल्थेँ,’ सलमान भन्छन्, ‘उहाँ सधैं मलाई आफ्नो हातले दाल र भात खुवाउनु हुन्थ्यो। आमाले खुवाउन छोडेपछि मैले दाल(भात खान छोडिदिएँ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *