आज घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो ?

२०७८ भाद्र ९, बुधबार २०:०४ गते २०७८ भाद्र ९, बुधबार २०:०४ गते २०७८ भाद्र ९, बुधबार २०:०४ गते

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ।

मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड(१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *