काठमाडौ । टिकटकले गर्दा ११ जना सरकारी कर्मचारीको जागिर नै चैट भएको छ । पछिल्लो समय नेपालमापनि नयाँ सामाजिक सञ्जाल भिडियो प्लाटफर्म टिकटक एकदमै लोकप्रिय छ । यसले घरभित्र रहेका प्रतिभा बाहिर निकाल्ने र उजागर गर्न सहयोग गरेको धेरैको विश्वास छ ।
टिकटकका फाइदा सँगै बेफाइदा पनि धेरै छन् । टिकटकबाट धेरै डलरमा कमाई गरेकोपनि भनिरहेका छन् । टिकटक पनि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै चर्चित भएको छ । अझ कलाकारिता मन पराउनेहरुको लागि त राम्रा थलो मध्ये एक हो टिकटक । अहिलेका युवा पुस्तामा टिकटकको क्रेज बढेको छ । यो एपमा हामीले विभिन्न आवाजहरुमा नक्कल गर्न सक्छौँ ।
बच्चा देखि लिएर बुढापाकाहरु समेत यस एपको लतमा परेका छन् । हामीले आज यही एपले गर्दा घटेको एक रोचक कुरा गर्न गइरहेका छौ । यो घटना हो भारतको । अहिले त भारतमा टिकटक बन्द भै सकेको छ । चाइनासँग विवाद पछि चाइनिज एप भन्दै भारतले टिकटक बन्द गरेको हो ।
तर बन्द हुनु अघि भारतको तेलंगाना खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएर समय बिताएको भन्दै तलब कटौती गर्ने तथा सरुवा गरेर नदिने तथा जागिरबाट निकाल्लेसम्मको कारवाही गरेको छ ।
करारमा भर्ना गरिएका ११ जना महिला र पुरुष कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका हुन् । कार्यालय समयमा पनि टिकटक भिडियो रेकर्ड गरिरहेको बेला उनीहरु पटक–पटक फेला परेका थिए । यसरी उनीहरुको तलब र जागिर नै चैट हुने अवस्था आएको थियो ।
यती मात्र नभएर उनीहरुले बनाएको भिडियो सोसल मिडियामा भाइरल हुनुका साथै टेलिभिजनमा समेत समाचार बनेको थियो । यसरी कार्यालय समयमा भिडियो बनाएर कार्यालयको बेइज्जत गरेको बताउदै उनीहरुलाई सो सजाए सुनाइएको थियो ।
Views: 0