११० प्रतिशतले बढ्यो सेयर धितोमा दिईने कर्जा, गाडीको घट्यो, अरु कुनमा अवस्था के ?

२०७८ भाद्र १३, आईतवार ०८:४१ गते २०७८ भाद्र १३, आईतवार ०८:४१ गते २०७८ भाद्र १३, आईतवार ०८:४१ गते

गत आर्थिक बर्ष बैंक वित्तीय सँस्थाले सबै भन्दा बढी कर्जा सेयर धितोमा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार बैंक वित्तीय सँस्थाहरुले गत आर्थिक बर्ष सबै भन्दा बढी कर्जा सेयर धितोमा दिएका हुन्।

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष कर्जा प्रवाह २७।३ प्रतिशतले बढेको छ। जस मध्ये सबै भन्दा बढी कर्जा प्रतिशतका हिसाबले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह भएको छ।

मार्जिन प्रकृति कर्जा ११०.८ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ७.७ प्रतिशतले घटेको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २९.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २९.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४८.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २५.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १५.८ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७७÷७८ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ४३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २०.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २६.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २०.९ प्रतिशतले बढेको छ।

२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *