घरमा पहिरो खस्दा श्रीमानको निधन, श्रीमती बेपत्ता

२०७८ भाद्र १४, सोमबार १४:२४ गते २०७८ भाद्र १४, सोमबार १४:२४ गते २०७८ भाद्र १४, सोमबार १४:२४ गते

काठमाडौ । कैलालीमा घरमाथि पहिरोवाट पहिरो खस्दा श्रीमानको निधन भएको छ भने श्रीमती हराएकी छन् । कैलालीको दुहुँ गाउँपालिका(१ बस्पालीका नरसिंह महराको निधन भएको छ भने उनकी श्रीमती बेपत्ता भएकी छन् ।

प्रहरीले महराकी श्रीमती कौशीदेवि महरा बेपत्ता भएकाीछन् । घरमा श्रीमान(श्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएको स्थानियले जनाएका छन् ।

घटनास्थलमा पुगेको प्रहरीले स्थानियको सहयोगमा महरा दम्पत्ती खोजी गरेको थियो । प्रहरीले श्रीमानको शव फेला पारेको थियो भने श्रीमती अझै फेला परेकी छैन ।

यस्तै पहिरोले घर पुरिदाँ दुहुँ गाउँपालिका ५ दुल्ला बस्ने मनुवा डडाल बेपत्ता भएका छन् भने उनका श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की घाइते भएको स्थानीय लोकेन्द्र बमले जानकारी दिए । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *