आँचललाई उप-सचिवले ‘हाम्रो अड्डा कस्तो लाग्यो?’ भनेपछि….

२०७८ भाद्र १४, सोमबार १४:३९ गते २०७८ भाद्र १४, सोमबार १४:३९ गते २०७८ भाद्र १४, सोमबार १४:३९ गते

काठमाडौँ, भारतमा कलाकारहरुबीच सबैभन्दा बढी कर तिर्न हानाथाप हुने गरेको खबर थुप्रै सुनिन्छ तर नेपालका कुनै पनि कलाकारहरुले चलचित्र, म्यूजिक भिडियो तथा विभिन्न विज्ञापनबाट हुने आफ्नो आम्दानीको कर तिरेको खबर अहिलेसम्म सुनिएको छैन । नाम चलेका चर्चित कलाकारहरुले नै आफ्नो आम्दानीको कर तिर्दैनन ।

कर कार्यालयले पनि कलाकारहरुको आम्दानीमाथि निगरानी राख्न सकेको छैन । तर हालै अभिनेत्री आँचल शर्मा भने कर तिर्न लाजिम्पाटस्थित आन्तरिक राजश्व कार्यलयमा नै पुगेकी छिन् ।

आफ्नो आम्दानी अनुसारको कर तिर्नको लागि आँचल शर्मा बुधबार कर कार्यालय पुगेको थिइन्। कर बुझाउन गएकी आँचलको भिडियो अर्थमन्त्रालयका उपसचिव कर्ण तिमिल्सिनाले ट्वीटरमा पोष्ट गरेका थिए। जसमा उनले ‘एकजना नया करदाता थपीयो !!!’ भनेर लेखेका थिए।

सार्वजनिक भिडियोमा उपसचिव तिमिल्सिनाले सोधेका छन्,’तपाईलाई हाम्रो अड्डा कस्तो लाग्यो? जवाफमा आँचलले भनेकी छिन,’एकदमै राम्रो, सर्भिस राम्रो छ।’ भनेकी छिन्।

१४ सेकेन्डको उक्त भिडियोमा सामाजिक संजाल प्रयोगकर्ताहरुले विभिन्न प्रकारका प्रतिक्रिया तथा गुनासो गरेका छन् । उनीहरुले आम जनतालाई पनि यस्तै प्रश्न गर्नु पर्ने गुनासो गरेका छन्। केहि युजरले भिडियोलाई रिट्वीट गर्दै लेखेका छन, ‘तपाईहरुले हाम्राे अड्डा कस्ताे लाग्याे र काम कस्ताे लाग्याे भनेर अरु सेवाग्राहीलाई पनि साेध्नु हुन्छ कि उहाँलाई मात्रै हाे?’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *