चर्चित नायिका प्रियंका कार्कीले छोरीलाई जन्मदिएपछि प्रियंकालाई उनका पूर्व पति हरलिक्स र यस्तो महत्वपूर्ण गिफ्ट लिएर भेट्न पुगे, अस्पतालमा नै भयो प्रियंकाका पूर्व पति रोचक मैनाली र पति आयुष्मानको भेट, युट्युबर नै अस्पताल पुगेर बाहिर ल्याए यस्तो भिडियो बैंकहरुले भदौ १५ सम्म उठेको ब्याज अघिल्लो वर्षको आम्दानीमा लेखाङ्कन गर्न पाउने, लाभांशमा गत वर्षकै व्यवस्थालाई निरन्तरता : केन्द्रिय बैंकले आगामी भदौ १५ गतेसम्म उठेको ब्याज रकमलाई गत वर्षकै आम्दानीमा गणना गर्न पाउने भएका छन्।
केन्द्रिय बैंकले सोमबार एक निर्देशन जारी गर्दै २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकम २०७८ भदौ १५ गते भित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरेको छ। त्यसैगरी केन्द्रिय बैंकले लाभांस वितरणको लागि भने गत वर्षको व्यवस्थालाई नै निरन्तरता दिएको छ।
याे व्यवस्था पछि बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७÷७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउनेछन्।
यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने छैन ।खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन्। केन्द्रिय बैंकले कर्जा नोक्सानीको व्यवस्थामा परिवर्तन गर्दै नउठेको कर्जामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी एक वर्षसम्म समय थप गर्न सक्ने व्यवस्था गरेको छ। सोमबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले कोभिड १९ महामारीको समयमा पुनरुत्थानको लागि इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय
संस्थाबाट प्रवाह भएका थप कर्जा (चालु पुँजीको २० प्रतिशत र आवधिक कर्जाको १० प्रतिशत) निर्धारित अवधिमा भुक्तानी हुन नसकेको अवस्थामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी सो कर्जाको भुक्तानी अवधि बढीमा १ वर्ष सम्म थप गर्न सकिने व्यवस्था गरेको छ।
त्यस्तै कोभिड १९ महामारीको कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायित्व प्रबर्धन गर्न असल बर्गमा वर्गीकरण भएका कर्जाको हकमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आ.ब. २०७७÷७८ को वार्षिक वित्तीय विवरण तयार गर्दादेखि साधारण कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरी कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था गरेको छ।
Views: 0