तेह्रथुम पावरको आइपीओ नपाउनेहरुकाे संख्या आजै एकिन भयाे, कतिले पाउने ? कतिकाे हात खाली ?

२०७८ भाद्र १४, सोमबार १५:५६ गते २०७८ भाद्र १४, सोमबार १५:५६ गते २०७८ भाद्र १४, सोमबार १५:५६ गते

पछिल्लाे समय साधारण सेयरमा आवेदन दिनेकाे संख्या हरेक आईपीओहरुमा उच्च रहने गरेकाे छ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २४ लाख भन्दा बढीको आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म २३ लाख ८८ हजार ३३२ जना आवेदकले ३ करोड १० लाख ९२ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा ४१.७९ गुणा बढि आवेदन परेको हो । यो संख्या थपघट हुनसक्छ ।

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले बुधबारदेखि १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणका लागि छुट्याएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिने छ । जसमा ७४ हजार ४ सय जनाले मात्रै आईपीओ पाउनेछन् । आवेदन दिएका कूल आवेदकमध्ये २३ लाख ३१ हजारभन्दा बढीको हात रित्तो हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *