एकाबिहानै अन्तरजातीय बिबाह गरेका नारायण र साबित्राको जिवनमा भयो नसोचेको घटना !

२०७८ भाद्र १५, मंगलवार ०८:५१ गते २०७८ भाद्र १५, मंगलवार ०८:५१ गते २०७८ भाद्र १५, मंगलवार ०८:५१ गते

काठमाडौं । अर्जुनधारा नगरपालिकामा आज सोमबार बिहान एक महिलाको शव फेला परेको छ । आइतबार साँझ आफ्ना श्रीमान नारायण बिश्वकर्मासँग घरझ ग डा भएपछि घरबाट निस्किएकी अन्दाजी ४० वर्षीया सावित्रा खड्का विश्वकर्माको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा आज सोमबार बिहान फेला परेको हो ।

खुदुनाबारी घर भएका विश्वकर्मा परिवार लामो समयदेखि अर्जुनधारा ६ मा बसोबास गर्दै आएको स्थानीयले बताएका छन्। उनको शव आज सोमबार बिहान ८ बजे फेला परेको थियो। आइतबार साँझ श्रीमानसँग झ गडा भएपश्चात् उनी घरबाट बाहिर निस्किएको उनका श्रीमान् नारायण विश्वकर्माले बताएका छन्। घरबाट निस्केपछि आफूले खोजी गर्दा पनि उनी फेला नपरेको श्रीमान् नारायणले प्रहरी समक्ष बताएका छन्।

बेपत्ता निज साबित्रा आज सोमबार बिहान सुजन च्याउ उद्योग नजिकै हातमा पैसा बोकेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अनारमणि झापाले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि मृतकका श्रीमान् नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै मृतकको शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *