अब अति भो – भिडियो सार्वजनिक

२०७८ भाद्र १५, मंगलवार १९:१८ गते २०७८ भाद्र १५, मंगलवार १९:१८ गते २०७८ भाद्र १५, मंगलवार १९:१८ गते

नेपाली चेली हरुको महान चाड हरितालिका तीज को अवसर पारेर लक्ष्मी नाथ तिमिल्सिनाले निर्माण गर्नु भएको अत्यन्तै मार्मिक तीजको गीत अब अति भो b4media यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

आफ्ना बाबु आमा को अनुहार समेत याद नरहेको बताउने टुहुरा बिर्ख विश्वकर्मा को सुमधुर आवाज ले सजिएको यो गीतमा महिला तर्फ चर्चित दोहरी गायिका सुनिता बुढा र कल्पना सुनुवार ले गायकी मा साथ दिनु भएको छ। मञ्जरी बोलको गीत बाट ख्याति कमाउन सफल बिर्ख विश्वकर्मा ले अहिले सम्म सयौ गीत मा आवाज दिई सक्नुभएको छ भने यो गीतमा उहाँले संगीत पनि दिनु भएको छ। तीजको अवसर मा विभिन्न विवादास्पद गीत हरु समेत सार्वजनिक भइरहेको अवस्थामा निर्माण भएको यो गीतले कुलतमा फसेका श्री मान को कारण भोग्नु परेको पीडालाई उजागर गर्ने प्रयास गरिएको छ ।

दोहोरी गायन मा आफ्नो अभूतपूर्व प्रतिभा देखाएर चर्चित हुन सफल आयुषा गौतम को समेत अभिनय रहेको यस भिडियो मा किशोर भण्डारी (डि ठ्ठा साब) लक्ष्मी नाथ तिमिल्सिना राधा श्रेष्ठ रचना पौडेल अनु पराजुली विकास भण्डारी रोहित ओली कृष भण्डारी हिरोज सोनी सुनिल राज तिमिल्सिना मनोज नेपाल र माधव प्रसाद भण्डारी ले अभिनय गर्नु भएको छ। दुर्लभ श्रेष्ठ को छायांकन गायत्री पाण्डे (गायु) को श्रृंगार रहेको यो गीतको निर्देशन तथा सम्पादन अर्जुन थापाले गर्नुभएको छ।

भिडियो-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *