मोटरसाइकल र गाडीको ट्रायल दिनेहरुलाई खुसीको खवर, भर्खरै आयो यस्तो सुचना

२०७८ भाद्र १५, मंगलवार २०:०९ गते २०७८ भाद्र १५, मंगलवार २०:०९ गते २०७८ भाद्र १५, मंगलवार २०:०९ गते

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी गरिएको निषेधाज्ञासँगै रोकिएको सवारी चालक अनुमति पत्रकाे लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ ।

वाग्मती प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आईतबार एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार परीक्षा सञ्चालन हुने जनाएको हो । यातायात व्यवस्था विभागको निर्देशन अनुसार यातायात कार्यालयले भदौ २० गतेदेखि लिखित तथा परीक्षण खुला गर्ने भएको हो ।

सूचना अनुसार भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई वायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न भएका, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी भएका, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनः प्रयोगात्मक परीक्षामा सहभागी भएका र कार्यालयमा उपस्थिति भई वर्ग थपको (एड क्याटेगोरी) लागि दर्ता गरी सकेका ड्राइभिङ लाइसेन्सको परीक्षार्थीले परीक्षामा सहभागी हुन पाउनेछन् ।

पहिलो चरणमा लिखित परीक्षा दिएर प्रयोगात्मक परीक्षाको पर्खाईमा बसेकालाई ट्रायल खुला गरिएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र ठुलोभर्याङका सूचना अधिकारी उपेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फारम बुझाएका र अनलाइन फारम खुलाउने विषयमा अर्को सूचना जारी गरिनेछ । सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै ड्राइभिङ लाइसेन्सको परीक्षा र आवेदन स्थगित भइरहेको छ । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै असार ८ गतेदेखि यातायात व्यवस्था कार्यालयहरुले सेवा सुरु गरिसकेका छन् । तर ड्राइभिङ लाइसेन्सको परीक्षा र आवेदन भने खुलाएका छैनन् । विभागले ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने यसअघिको व्यवस्था परिमार्जन गर्दै सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ ल्याएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *