रामकुमारी झाँक्री शिक्षा मन्त्री बन्दै !

२०७८ भाद्र १६, बुधबार १७:०४ गते २०७८ भाद्र १६, बुधबार १७:०४ गते २०७८ भाद्र १६, बुधबार १७:०४ गते

काठमाडौँ । एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरु सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा उक्त पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ ।

एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको छ । एकीकृत समाजवादीले संसदीय दलको नेता, राष्ट्रियसभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउने छन् ।

यसैसंग, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पहिलो महिला अध्यक्ष भैसकेकी साथै हाल नेकपा एकीकृत समाजवादी पार्टीमा निडरताका साथ माधव नेपालको पक्षमा उभिएकी महिला नेत्री रामकुमारी झाँक्रीलाई शिक्षामन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई दुई मन्त्रालय दिइसकेका छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन् । यस्तै नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन तथा न्याय मन्त्री बनिसकेका छन् । केहि दिनमा सबै मन्त्रालयको टुंगो लाग्ने गरि गठबन्धनले तयारी थालेको छ । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *