काठमाडौं – नायिका वर्षा सिवाकोटीले महंगो रकममा अपार्टमेन्ट किनेकी छिन्। उनले हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट खरिद गरेकी हुन्। उनले साढे २ करोड मूल्यमा अपार्टमेन्ट किनेको बताइएको छ। वर्षाले आमाको सहयोगमा अपार्टमेन्ट किनेको जानकारी दिँदै आफू र आमा अब त्यहीँ बस्ने बताएकी छिन्।
वर्षाले आजै पूजा गरेर अपार्टमेन्टको बसाई सुरु गरेको समेत जानकारी दिइन्। सितापाइलामा संयुक्त परिवारमा रहँदै आएकी वर्षा विगत एक वर्षदेखि कौशलटारमा बस्दै आएकी थिइन्। अब भने आफू र ममी मात्र अपार्टमेन्टमा रहने उनको भनाई छ।
वर्षाले निषेधाज्ञा सुरु भएपछि अपार्टमेन्ट खरिदको प्रक्रिया अगाडि बढाएकी थिइन्। वर्षाले केही महिना अगाडि मात्र कार समेत किनेकी थिइन्। यसो त नेपाली चलचित्रका कलाकारहरुको जीवनशैली आजभोली फेरिदै छ। महंगा गाडी र अपार्टमेन्ट खरिद गर्ने होडबाजी नै चलेको छ।
Views: 0