५० लाख खर्च गर्दा पनि मोडल निशा घिमिरेको स्वास्थ्यमा कुनै सुधार आएन

२०७८ भाद्र १६, बुधबार १७:३२ गते २०७८ भाद्र १६, बुधबार १७:३२ गते २०७८ भाद्र १६, बुधबार १७:३२ गते

कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ । नर्भिक इन्टरनेशनल अस्पतालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सबै खालका उपचारको पद्धति अपनाउँदा पनि उहाँको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनापछि मस्तिष्कमा गम्भीर समस्या देखिएको र लामो समय उपचारविहीन भएकाले घिमिरेको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । उहाँका उपचारमा संलग्न चिकित्सक डा पङ्कज जलानले सबै विकल्पमा उपचार भइरहेको भन्दै दुर्घटनाका कारण मस्तिष्कमा गम्भीर चोट लागेको र अवस्था निकै जटिल रहेकाले पूर्णरुपमा सामान्य अवस्था हुन सम्भावना कम भएको बताउनुभयो ।

आर्थिक अवस्थाका कारण उपचार नपाउँदा घिमिरे घरमै अर्धचेत अवस्थामा रहनुभएको थियो । पछि नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले निःशुल्क उपचारको व्यवस्था गर्दै अस्पतालमा भर्ना गरिएको थियो । अहिलेसम्म उहाँका उपचारमा अस्पतालले रु ५० लाख खर्च गरिसकेको जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *