सपना बनिन नेपालकै उदाहरण चेली ! डेनमार्कमा पहिलो नेपाली महिला बस चालक बनेर गरिन निकै उत्कृष्ट काम

२०७८ भाद्र १६, बुधबार १७:४९ गते २०७८ भाद्र १६, बुधबार १७:४९ गते २०७८ भाद्र १६, बुधबार १७:४९ गते

काठमाडौ । वैदेशिक रोजगारी होस् वा अन्य कामले विदेशी भूमीमा गएका नेपालीहरुले पनि निकै उत्कृष्ट काम गरेका थुप्रै उदाहरण छन् । बागलुङ मूल घर भएकी सपना खड्काले पनि एउटा उदाहरण पेश गरेकी छन् । उनी डेनमार्कमा सार्वजनिक बस चलाउने पहिलो नेपाली महिला भएकी छन् । उनी ५ वर्ष अघि डेनमार्क पुगेकी थिइन् ।

  1. परिवार सहित डेनमार्कमा बस्दै आएकी उनी सार्वजनिक बस चलाउन चाहिने सबै प्रकृया पुरा गरेकी छन् । डेनमार्कमा सार्वजनिक सवारी चालक बन्न निकै धेरै परिश्रम गर्नुपर्छ । त्यसका लागि भाषा सिक्नुपर्छ भने सडकको राम्रो ज्ञान चाहिन्छ । नयाँ ठाउँमा गएर नयाँ भाषा सिकेर चालक बन्नु कम चुनौती थिएन तर उनले त्यो चुनौती पुरा गरेकी छन् ।

    । सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। त्यसपछि मात्र ठूलो गाडी अर्थात् बसको अनुमति पत्र लिनको लागि त्यस सम्बन्धी कोर्स गर्न योग्य हुन्छ। उनले सबै प्रकृया पुरा गरेर चालक बनेकी छन् । त्यसका लागि आफ्ना श्रीमान माहन खड्का र परिवारका सदस्यको निकै सहयोग पाएको उनले बताएकी छन् ।

डेनिस भाषा सिकी, भाषा परीक्षा पनि उत्तीर्ण भैसकेपछि बस चालक अनुमति पत्रको कोर्स उत्तीर्ण गरेर स्थानीय सडकहरुमा बस चलाउन सक्षम भएपछि मात्र बस चलाउने अनुमति पत्र प्राप्त हुन्छ। उनले सबै प्रकृया पुरा गरेकी हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *