काठमाडौं १६ भदौ ।पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम, वरिष्ठ उपाध्यक्ष विद्यालाल प्रसाद, उपाध्यक्ष छविलाल उप्रेती , कोषाध्यक्ष दल बहादुर किङरिङ तथा सदस्य कनहिया अग्रवाल लगाएत टिका लगाएर पाटि प्रवेश गरेका छन्।
खुमलटार निवासमा आयोजित सो कार्यक्रममा स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज उर्मिला अर्याल, प्रदेश सदस्य तथा जिल्ला संयोजक विजय महतो, प्रदेश सदस्य रामदरश कुश्वहा, बालेश्वोर थारु, जिल्ला सदस्य सगिर आलम, प्रभाकर गुप्ता लगायतको समेत उपस्तिथि रहेको थियो ।पाटि प्रवेश संगै होटेल व्यवसायी संघ पर्साले विभिन्न माग सहित ज्ञापनपत्र समेत बुझाएका छन्।
होटेल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलमले बिगत लामो समय देखि कोरोना भाईरस कोभिड १९ का कारणले नेपाल-भारत सीमा नाका बन्द रहेको र सो माहामारीका कारणले हामी होटल तथा पर्यटन व्यवसायीले ठुलो क्षति बेहोर्नु परेको छ। हाल सम्म माहामारीको समयमा होटल व्यवसायी ले कुनैपनि किसिमको आर्थिक अनुदान संघ,प्रदेश र स्थानिय सरकारबाट नपाईएको गुनासो व्यक्त गर्दै नेपाल सरकारले जारि गरेको स्वास्थ्य मापदण्ड पालना गरि बन्द रहेको नेपाल भारत सिमा नाका खुल्ला गर्न बैंक तथा बित्तिय संघसंस्थाहरु बाट नेपाल सरकारले जारी गरेको राहत प्याकेज अन्तरगतको सहुलियत ऋण उपलब्ध गराउनुको साथै कोभिड प्रभावित व्यवसायको उत्थानका लागि घरबहाल, बैंकको ब्याज, किस्तालगायत व्यवसायिक करमा विशेष छुट दिन र व्यवसायिक उत्थानका लागि अधिकतम ५० लाख सम्मको सहुलियत पूर्ण पुनर्कर्जाको व्यवस्था गर्न समेत माग गरेको ज्ञापनपत्रमा उल्लेख्य छ ।ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले तपाईंहरुका माग पर्सा जिल्लालो लागि मात्र नभई समग्र होटेल व्यवसायीहरुको माग रहेको र तपाईंहरुको ती मागहरुलाई छिटै सम्बोधन गर्न सरकार समक्ष पहल गरिने बिश्वास व्यक्त गरेका थिए।
Views: 0