लामोसमय पछि सर्वसाधारणलाइ खुसि बनाउंदै, काठमाडौं उपत्यकामा यस्तो नियम लागु

२०७८ भाद्र १७, बिहीबार ०८:३३ गते २०७८ भाद्र १७, बिहीबार ०८:३३ गते २०७८ भाद्र १७, बिहीबार ०८:३३ गते

काठमाडौँ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले भौ’तिक रूपमा विद्यालय सञ्चालनबारे अस्पष्ट निर्णय गरेका छन् । तर प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् ।

योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् । बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञाबारे थप निर्णय गर्दै विद्यालय सञ्चालनबारे भने अ’स्पष्ट निर्णय गरेका हुन् ।

महामारीका कारण लगभग डेढ वर्षदेखि भौतिक रुपमा विद्यार्थीहरुको पठन–पाठन अवरुद्ध हँुदै आएको छ । विद्यालय र कलेजहरू बन्द भएपछि यसको प्रत्यक्ष असर विद्यार्थीहरुमा त परेको छ नै, निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक र कर्मचारीहरुको रोजगारीमा समेत असर परेको छ । शैक्षिक संस्थाका सञ्चालक तथा लगानीकर्तासमेत ऋणमा डु’ब्ने स्थिति सिर्जना भई चौतर्फी क्षेत्र प्र’भा’वित बनेको छ ।

पछिल्लो समयमा सरकारले हरेक क्षेत्रहरुको व्यवसाय र गतिविधिहरु खुकुलो बनाउँदै लगे पनि विद्यालय सञ्चालन गर्ने विषयमा भने सरकार अनुदार देखिँदै आएको छ । काठमाडौं जिल्ला प्रशासनको निर्णयअनुसार बिहीबारदेखि चलचित्र हल लगायत मनोरञ्जन स्थलहरु पनि खुल्न लागेका छन् । तर, विद्यालय खोल्ने सन्दर्भमा भने सरकारले क’डाइ गरिरहेको छ ।

काठमाडौं उपत्यकाका सिडियोहरुको बुधबार बसेको बैठकले विद्यालय सञ्चालनका सम्बन्धमा गरेको निर्णय झ’ट्ट हेर्दा वि’रोधाभा’षपूर्ण देखिन्छ, जस्तै : काठमाडौं सिडियो कार्यालयद्वारा बुधबार जारी आदेशको पहिलो नम्बर बुँदामै भनिएको छ, ‘शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न–गराउन नपाउने ।’

सङ्क्रमण दरलाई विश्लेषण गरेर विद्यालयबारे यस्तो निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले जानकारी दिए । ‘केही क्षेत्रमा भने निषेधाज्ञा जारी नै छ’, निरौलाले भने । उनका अनुसार निषेधाज्ञामा गर्न नहुने भनेर लेखिएका बाहेक अन्य व्यवसाय सञ्चालन हुन सक्नेछन् ।

बैठक पछि काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको आदेशमा भदौ १७ देखि भदौ मसान्तसम्म लागु हुने गरी शैक्षिक संस्थाहरू भौ’तिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ । आदेशमा भौतिक उपस्थितिमा पठनपाठन गर्नुपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहरुले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने उल्लेख छ । त्यस्तै प्रशासनले अनावश्यक रूपमा भी’डभा’ड नगर्ने,सभा, जुलुस, जात्रा, महोत्सव आदि नगर्ने नराउने भनेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *