चर्चित ‘बालिका बधु’बाट चर्चामा आएका अभिनेता सिद्धार्थले लेखेका थिए यस्तो मन छुने अन्तिम ‘पोस्ट’

२०७८ भाद्र १८, शुक्रबार ०६:४४ गते २०७८ भाद्र १८, शुक्रबार ०६:४४ गते २०७८ भाद्र १८, शुक्रबार ०६:४४ गते

काठमाडौं- अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो । मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भारतिय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए ।

अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ । उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन् । उनी बालिका बधुबाट चर्चामा आएका थिए ।

उनको निधन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए । उनले लेखेका छन्, ‘सबै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद । तपाईंहरु आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बिरामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनुहुँदैन । तपाईंहरु वास्तवमा महान हुनुहुन्छ ।’ उनले अगाडि लेखेका छन्, ‘अग्रपंक्तिमा रहन सहज छैन । तर वास्तवमा तपाईंहरुको प्रयास सह्रानिय छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *