काठमाडौंमा अकल्पनीय घट्ना घटेपछि आज काठमाडौंमा बिदा दिने निर्णय

२०७८ भाद्र १८, शुक्रबार ११:०५ गते २०७८ भाद्र १८, शुक्रबार ११:०५ गते २०७८ भाद्र १८, शुक्रबार ११:०५ गते

काठमाडौँ महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा म’स्तिष्कघा’तका कारण निधन भएको हो ।

उहाँको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले महानगरले ठूलो क्ष’ति व्यहोर्नुपरेको जनाउँदै मृतात्माको चीर शान्तिको कामना गर्नुभएको छ । उहाँको शव आज बिहान ८ः०० बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जिलका लागि वडामा लगिनेछ । बिहान ९ः०० देखि अपराह्न ३ः०० बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिनुभयो ।

विसं २०१३ पुस १४ गते जन्मिनुभएका श्रेष्ठलाई गएको डेढ महिनाअघि आन्द्रामा क्यान्सर देखिएको थियो । उपचारकै क्रममा उहाँलाई मस्तिष्कघात भएपछि मृत्यु भएको हो । पञ्चायतकालमा वडा सदस्यका रूपमा निर्वाचित श्रेष्ठले विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका रूपमा विजयी हुनुभएको थियो । उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *