काठमाडौ । नेपाली सेनाले ठूलो संख्यामा भर्ना खुलाएको छ । करिब ४ हजार रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।
बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।
यो अर्को समाचार, सत्तारुढ नेपाली कांग्रेस शुक्रबार देखि १४औँ महाधिवेशनमा होमिँदै छ। ५६ जिल्लाहरुका क्रियाशील सदस्यताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेर कांग्रेस महाधिवेशनमा होमिन लागेको हो।
कांग्रेसले शुक्रबार क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका जिल्लामध्ये अधिकांश जिल्लाहरुमा वडा अधिवेशन गर्दैछ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि ५६ वटै जिल्लाहरुमा केन्द्रबाट निर्वाचन अधिकृतहरु खटाएको छ।
यद्यपि, निर्वाचन अधिकृत खटिएका सवै जिल्लाहरुमा वडा अधिवेशन सुरु भने नहुने देखिएको छ। तयारी नपुगेको भन्दै केही जिल्लाहरुले शुक्रबार वडा अधिवेशन गर्न नसकिने निर्णयनै गरेका छन्।
नामावली प्रकाशित भइसकेका नुवाकोट, प्युठान, बाग्लुङ, डडेल्धुरा, झापालगायतका जिल्लाहरुले केन्द्रबाट उपलब्ध गराइएका निर्वाचन सामग्रीहरु बाढी–पहिरोका कारण आउन ढिलाइ भएको भन्दै वडा अधिवेशन पछि सारेका छन्।
Views: 0