कमेडि च्याम्पियनमा अचम्म भएको छ । अतिथि भएर गएका दीपक राज गिरि र दीपाश्री निरौलाले यसको सिजन २ को अन्तिम तीनको प्रतिष्पर्धाको रिजल्ट पहिल्यै आउट गरिदिएपछि यस्तो अचम्म भएको हो । बुधबार उक्त एपिसोडको छाँयांकन भएको थियो । त्यो सो शुक्रबार र सनिवार देखाइने कार्यक्रम छ । तर दीपक र दीपाले पहिल्यै यो कुरा सार्वजनिक गरिदिए ।
‘सार्वजनिक भएको समाचार अनुसार, कमेडी च्याम्पियन सीजन २ मा विक्की अग्रवाल फाइनल पुगेका छन् । कार्यक्रममा फाइनलमा पुग्न हिक्मत महरा भने असफल भएका छन् । यो सँगै टप–३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । पुर्व युवराज पारस शाहाको क्यारिकेचर गरेर चर्चामा आएका भरतमणीले भने उत्कृष्ट प्रदर्शन गर्दै टप–३ मा आफ्नो स्थान सुरक्षीत गरिसकेका थिए ।
त्यस्तै सिक्कीमका विक्की र गोरखाका सन्तोष भने दर्शकको भोटबाट टप–३ मा पुगेका हुन् । च्याम्पियनको फाइनल भने असोज २ गते हुने आयोजकले जानकारी दिएको छ । तिनै जना फाइनलिष्ट आ–आफ्नो गृह जिल्ला भ्रमणमा गएका छन् ।
टिभी रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजनका चर्चित प्रतियोगी विक्की अग्रवालले यस अघि रियालिटी शो को स्टेजमा नयाँ प्रयोग देखाएका थिए । उनले प्रस्तुत गरेको कलाकारिता नेपालको रियालिटी शो मा नयाँ प्रयोग थियो । उनको प्रस्तुतीमा धेरैको हाँसोको फोहरा त छुटेन तर सबै जजहरुले निकै तारिफ गरे ।
ऋचा शर्मा भावुक भएर आँखा समेत रसाएको थियो । सुरुदेखि उपाधिका एक दावेदार मानिएका उनी सो प्रस्तुती पछि आँशु झार्दै स्टेजवाट वाहिरिएका थिए । भारतको सिक्किमदेखि आएर प्रतिस्पर्धा गरिरहेका विक्की मौलिक र फरक प्रस्तुतिका लागि चिनिन्छन् । उनले आफ्नो यही शैलीलाई प्रशारित अन्तिम ४ को प्रतिस्पर्धामा निरन्तरता दिएका थिए ।
बिक्कीले कमेडी च्याम्पियनको स्टेजमा नै गरेको सो प्रस्तुतीलाई ‘माइम एक्ट’ भनिन्छ । मानिस निदाएको बेला मन कसरी सक्रिय हुन्छरु भन्ने थिममा उनले संवादहीन अभिनय गरेका थिए ।
Views: 0