विमानस्थलमै केटालाई पैसा दिएर गरिदिए छोरीको बिहे , अफगानिस्तानबाट बाहिरिन अभिभावकले विवाह गर्न बाध्य बनाए !

२०७८ भाद्र १९, शनिबार १५:०७ गते २०७८ भाद्र १९, शनिबार १५:०७ गते २०७८ भाद्र १९, शनिबार १५:०७ गते

एजेन्सी । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि सबैभन्दा बढी त्रासमा त्यहाँका महिला परेका छन्। अवस्था यति भयावह छ कि कल्पना गर्नसमेत कठिन छ। अफगानिस्तानबाट बाहिरिन त्यहाँका धेरै अभिभावकले विमानस्थल बाहिर नै आफ्ना छोरीहरूको विवाह गराएकाे घटना सार्वजनिक भएको छ। विवाह गराउनुको कारण हो– आफ्ना छोरी तालिबानका आतंककारीको हातमा नपरून्।

घटना अगस्ट ३० तारिखअघिकै हो। तर यो मुद्दा अहिले अमेरिकी प्रशासनको जानकारीमा पुगेको हो।अमेरिकी विदेश मन्त्रालयले गृह तथा रक्षा मन्त्रालयलाई यस घटनाको जानकारी दिँदै सतर्क रहन भनेको छ। घटनाको अनुसन्धान पनि थालेको छ। अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले उक्त घटनाको खुलासा गरेको हो। सीएनएनको रिपोर्टअनुसार यो सीधै मानव तस्करी हो। हो, अफगान अभिभावक र युवतीले बा’ध्य’तावश तालिबानको त्रासदीयुक्त इतिहास सम्झेर यो कदम चाल्नु बेग्लै कुरा हो।

घटना यूएईमा सार्वजनिक भएको हो। वास्तवमा अफगानिस्तानबाट उद्धार गरिएका धेरैजसो मानिसलाई अमेरिकाले अन्य देशका शरणार्थी शिविरमा राखेको छ। त्यहाँ कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूलाई फरक फरक देश वा अमेरिका पठाइनेछ। यसपछि नियमानुसार शरणार्थी वा नागरिकको दर्जा दिइनेछ।

यूएईमा अनुसन्धानका क्रममा केही महिलाले अमेरिकी अधिकारीसँग भनेका छन्, ‘हामीलाई हाम्रा अभिभावकले काबुल विमानस्थलबाहिर अन्धाधुन्ध ज’बर्ज’स्ती विवाह गर्न बाध्य बनाए।’ उनीहरूका अनुसार आफ्ना अभिभावक तालिबानको शासन सहेर अफगानिस्तान बस्न चाहन्थेनन्, तालिबानको ज्या’दतीको सि’का’र बन्नुपर्छ भनेर।

केटालाई पैसा पनि दिइयो – रिपोर्टअनुसार केही घटना त अझ आश्चर्यजनक छन्। विवरणअनुसार कतिपय केटीका आमाबाबु वा परिवारले काबुल विमानस्थलबाहिर अफगानिस्तान छाड्ने आधिकारिक कागजात भएका पुरुषको खोजी गरे। र, तिनलाई मोटो रकम दिए र आफ्नी छोरीसँग विवाह गरेर देशबाट बाहिर निकालुन् भनेर। केही घटना भने केटा आफैंले पैसा लिएर केटीलाई पत्नी बनाई अफगानिस्तानबाट निकालेका पनि छन्।

अमेरिकी अलर्ट – यूएईमा रहेका अमेरिकी अधिकारीले यो जानकारी विदेश मन्त्रालयलाई दिएका छन्। स्टेट डिपार्टमेन्टले होमल्यान्ड सेक्युरिटी एन्ड डिफेन्स डिपार्टमेन्टलाई घटनाको अनुसन्धान गर्न र सतर्क रहन भनेको छ। रिपोर्टअनुसार यस किसिमका मुद्दा कति छन् भन्ने तथ्यांक छैन। तर यूएईस्थित अमेरिकी कूटनीतिज्ञले यस विषयमा गम्भीर अनुसन्धान गरिरहेका छन्। यो मानव तस्करीको मुद्दा भएको भन्दै उनीहरूले ती महिलाको पहिचान गरिरहेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed