नयाँ घर किनेर कतार गए, ऋण तिर्न नपाउंदै घरमा आमा, श्रीमती, दुई छोरि र एक छोराको भैदियो एकै चिहान

२०७८ भाद्र १९, शनिबार २१:५२ गते २०७८ भाद्र १९, शनिबार २१:५२ गते २०७८ भाद्र १९, शनिबार २१:५२ गते

घरमाथि मोटरबाटो खनेपछि कुश्मा नगरपालिका–३ दुर्लुङ बाँधस्वाँराका माधव शर्मा पौडेल अर्को घर किनेर बाटोमाथि सरे। सुरक्षित ठानेर किनेको घरमा उनले परिवारसँग एक वर्षभन्दा बढी बिताउन पाएनन्। बिहीबार मध्यरातमा खसेको पहिरोले घर पुर्‍यो। भित्रै पुरिएका आमा, श्रीमती, दुई छोरी र एक छोरालाई उनले गुमाए। विदेशबाट फर्किएर सुरक्षित घरमा बस्ने उनको सपना पहिरोसँगै पुरियो।

छिमेकी प्रताप गिरीका अनुसार वैदेशिक रोजगारीमा गएका शर्माले कतारबाट फर्किएर डेढ वर्ष अघिमात्र ५ मिनेटमाथिको भोगेनीमा माइजूकी आमा नर्वदी पाध्याको घर किनेका थिए। घर सरेपछि पौडेल परिवारले सुरक्षित ठानेको थियो। ‘झन्डै सय मिटरमाथिबाट आएको पहिरोले घर पुरिदियो,’ गिरीले भने, ‘बरु उहाँहरू बाँधस्वाँरामै बसेको भए हुने रहेछ, आज यो अवस्था देख्नुपर्‍यो।’ पहिरोले पुरिएर शर्माकी आमा ७५ वर्षीया कौशिला, ३५ वर्षीया श्रीमती भगवती, दुई छोरीहरू १६ वर्षीया विमला, ११ वर्षकी विनीता र ९ वर्षीय छोरा विनोद पौडेलको मृत्यु भएको हो।

राति करिब डेढ बजेतिर पहिरो खसेको थियो। दर्के झरी परेकाले पहिरो जान सक्ने शंका गर्दै राति गाउँलेका धेरै जना जागै थिए। तत्कालै उद्धारमा जुटेका स्थानीयले कौशिला, विमला र विनीताको शव निकालेका हुन्। विमला १२, विनीता ४ र विनोद ३ कक्षामा पढ्थे।

गिरीका अनुसार पहिरो खसेको स्थानको जमिन अलिअलि दबिएको थियो। स्थानीयले पुरपार गरेका थिए। तर, बुधबार रातिदेखि परेको भारी वर्षापछि पर्खालसहित पहिरो खस्यो। घर बिक्री गरेकी नरबदी पनि सोही घरको एक कोठामा बस्दै आएकी थिइन्। उनी बस्ने कोठा भने पहिरोले छोएको छैन।

छोरा नभएको र तीन छोरीको बिहे भएकाले नरबदीले घर बेचे पनि बाँचुन्जेलसम्मका लागि भन्दै त्यसकै एउटा कोठामा बस्दै आएकी थिइन्। अर्का छिमेकी प्रेमप्रसाद पौडेलका अनुसार माधव गत चैतमा वैदेशिक रोजगारीका लागि फेरि कतार गए। ‘पहिला पनि कतार गएर फर्किएर आएपछि घर किन्नुभएको हो,’ उनले भने, ‘असुरक्षित ठानिएको स्थानमा भने अहिलेसम्म केही भएको छैन। सुरक्षित ठानिएको स्थानमा यस्तो अवस्था आइलाग्यो।’ घटनापछि शर्मा नेपाल फर्कंदै गरेको उनले बताए।

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका माधव पौडेलले पुरानो घर भत्किने अवस्थामा पुगेपछि गाउँमै अर्को घर किनेर परिवारलाई त्यसमा राखे। बुवाले सानैमा बनाएको घर बस्न नमिल्ने भएपछि उनले गाउँकै एक महिलाको घर किनेका थिए।
बूढी भइसकेकी आमासहित ६ जनाको परिवार किनेको घरमा सरेको पनि आउने मंसिरमा २ वर्ष पुग्छ। सानैमा बुवाले छाडेर गए। त्यसमाथि आर्थिक स्थित निकै नाजुक भएकाले आफैंले नयाँ घर बनाउन नसक्ने लागेर उनले गाउँकै एकल वृद्धाको घर किनेका थिए।

राति सवा २ बजेतिर गएको पहिरोमा घर पुरिँदा ७० वर्षीया आमा कौशिल्या, ३५ वर्षीया पत्नी भगवती, छोरीहरू १५ वर्षीया विमला र ११ वर्षीया विनिताका साजै ९ वर्षका छोरा विनोदलाई सधैंका लागि गुमाए।

‘बाबुले बनाएको पुरानो घर भत्किने डरले नयाँ घर किनेर परिवार त्यसमा राखी आफू कतार गएका हुन्, फर्किन नपाउँदै यता पहिरोले परिवार नै सखाप पारिदियो,’ वडाध्यक्ष तेजप्रसाद पाध्याले भने, ‘गाउँकै सोझो र निकै मिलनसार मान्छे हुन् उनी, उनैमाथि यति ठूलो बज्रपात भयो।’

तेजप्रसादका अनुसार ​त्यो घर पनि उनले २ वर्ष कतार बसेर कमाएको रकमले किनेको र अझै केही पैसा तिर्न बाँकी छ। घरको बाँकी तिर्न र परिवारको लालनपालनका लागि फेरि कतार गएका माधवसँग अब घर परिवार केही बाँकी नरहेको उनले सुनाए।

‘सानैमा बुवा बितेपपछि वृद्ध आमा र परिवार लालनपालनको जिम्मेवारी पूरा गरिरहेका थिए,’ उनले भने, ‘आफू नआउन्जेल दाहसंस्कार नगर्न भनेका छन्, ५ जनाको शव कसरी हेर्न सक्लान् ? हामी त केही सोच्नै सकिरहेका छैनौं।’ माधवले आफू कतारबाट भोलि आउने खबर गरेको उनले बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *