पेट बेला बेलामा गुडुङ् गुडुङ् कराउँछ ? यस्तो हुनसक्छ कारण

२०७८ भाद्र २०, आईतवार ०९:५१ गते २०७८ भाद्र २०, आईतवार ०९:५१ गते २०७८ भाद्र २०, आईतवार ०९:५१ गते

के तपाईं कहिले धेरै बेरसम्म केही पनि नखाई बस्नु भएको छ ? बस्नु भएको छ भने अवश्य पनि तपाईंको पेट त्यति बेला विभिन्न खाले आवाजमा कराएको पनि होला । किनभने हामी धेरै बेर केही पनि नखाई बस्ने हो भने हाम्रो पेट आफै कराउन थाल्छ।

डाक्टरहरुले यसलाई बोरबोरिग्मी (borborygmi) भन्ने गर्छन् । यो शब्द हाम्रो पेट कराउँदा आउने आवाजसँग पनि केही हदसम्म मेल खाने गर्छ ।

हामीलाई थाहा नै छ, हाम्रो पेटले निरन्तर रुपमा हाम्रो खानाहरुलाई पचाउने काम गरिरहेको हुन्छ । हामीले खाएको खाना यसले औसतमा ३ देखि ४ घण्टामा पचाउने गर्छ । यो कुरा हामीले खाएको खानाको मात्रामा पनि भर गर्छ।

धेरै समयसम्म केही पनि नखाई बस्दा हाम्रो पेटमा खाना बाँकी रहँदैन । खानालाई पचाउनका लागि हाम्रो पेट खुम्चिने गर्छ । तर खाली भएको हुनाले पेटमा केवल ग्याँस मात्र रहेको हुन्छ। खाली पेटमा ग्याँस र पेटबाट निक्लेका पाचन रसहरु बीच घस्रण भएर विभिन्न खाले आवाजहरु आउन थाल्छन्।

यस्तो हामीलाई विशेष गरेर भोक लागेको समयमा हुने गरे पनि यसले पेट कराउनमा कुनै पनि भूमिका खेलेको भने हुँदैन। किनभने भोक लागेको हरेक पल्ट हाम्रो पेट कराउँछ भन्ने हुँदैन।

यो पनि पढ्नुहोस

भोक लाग्नु भनेको हाम्रो शरीरलाई चाहिने विभिन्न खाले पोषक तत्वहरुको कमी मात्र हुनु हो । हाम्रो मस्तिष्कमा भोकलाई नियन्त्रण गर्ने भाग हुन्छ ।

त्यसले हाम्रो पेट र आन्द्रामा गाडीमा रहेको एक्सिलरेटर र ब्रेकको जस्तो काम गर्छ । हाम्रो शरीरको रगतमा पौष्टिक तत्वको कमी हुनेबित्तिकै त्यहाँबाट पेट र आन्द्रामा विशेष प्रकारको संकेत पुग्छ र हामीलाई भोक लाग्न थाल्छ।

पेट कराएको बेला हाम्रो पेट र आन्द्रा निकै सक्रिय हुने गर्छन् । यस्तो बेला तिनीहरुले जे खाए पनि हतारहतार पचाउने कोसिस गर्छन् । तिनीहरु केवल आफूलाई शान्त पार्न मात्र तत्पर रहेका हुन्छन्।

तिनीहरुले खानालाई पूर्ण रुपमा नपचाउन पनि सक्छन्। त्यसैले यस्तो बेला जेपायो त्यही खाँदा पेट दुख्ने समस्या पनि उत्पन्न हुन सक्छ । झाडापखाला जस्तो पेटको रोग पनि लाग्न सक्छ । यस्तो बेला स्वस्थ र पौष्टिक खानेकुरा खानु नै उचित हुन्छ।

कुनै आपतको बेला तपाईंको पेट खाली भएर कराउन थाल्यो र छेउमा खानेकुरा पनि छैन भने त्यस्तो बेला आफू शान्त भई बस्नु नै उचित हुन्छ ।

किनभने तपाईं जति शान्त भएर बस्नुहुन्छ, त्यति नै ढिलो हाम्रो शरीरले जम्मा गरेर राखेको प्रोटिनलाई पचाउने गर्छ । यसरी केही नखाइकन पनि हामी निश्चित समय बाँच्न सक्छौँ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *