श्रीमान जुन कार्यालयमा सफाइकर्मी छन्, त्यहीँ कार्यलयमा श्रीमति प्रमुख बनेर आएपछि….

२०७८ भाद्र २०, आईतवार १२:५८ गते २०७८ भाद्र २०, आईतवार १२:५८ गते २०७८ भाद्र २०, आईतवार १२:५८ गते

एजेन्सी – प्रजातान्त्रिक मुलुकमा हरेक सामान्य नागरिक समेतलाई त्यसदेशको उच्च पदमा पुग्नसक्ने ब्यवस्था गरेको हुन्छ । यो पनि प्रजातान्त्रिक प्रणालीको सफलता हो । यस्तै घटना भारतमा भएको छ । त्यहाँ उत्तर प्रदेशको सहारनपुरको बलियाखेडी ब्लाकमा कार्यरत सफाई कर्मचारी सुनील कुमारकी श्रीमति अहिले बलियाखेडी ब्लककी प्रमुख भएकी छिन् । तीन वटा गाउँ पञ्चायत मिलेर यो ब्लक बनेको छ, जसमा श्रीमती सोनिया प्रमुख छिन्।

सुनिल कुमारले कहिल्यै सोचेको थिएनन् कि ब्लाक क्षेत्रमा जहाँ उनले दैनिक सफाई गर्दछन्, एक दिन उनकी श्रीमती सोनिया ब्लाक प्रमुख बन्नेछन् । अब सोनियाले भाजपाबाट ब्लाक प्रमुखको जिम्मेवारी लिएकी छन्।

उनका पति सुनील धेरै वर्षदेखि बलियाखेडी ब्लाकमा सफाईकर्मी छन् । उनकी श्रीमती सोनिया सामान्य गृहिणी हुन् । सुनीलले बीए पास पत्नी बीडीसी चुनाव ल ड्नको निम्ति प्रोत्साहित गरे र हालै सम्पन्न ब्लक प्रमुख चुनावमा सफाईकर्मी सुनीलको श्रीमति निर्विरोध भाजपा समर्थित ब्लाक प्रमुख भएकी छिन्।

गाउँ नल्हेदा गुर्जर निवासी सुनील कुमार आफ्नै गाउँमा बलियाखेडी विकास खण्डमा सफाई कर्मचारीको रूपमा कार्यरत छन् । जब तीन वटा पञ्चायत मिलेर बनेको ब्लकको प्रमुखको चुनाव घोषित भएको थियो, आरक्षणको कारण बीडीसी सीट अनुसूचित जाति वर्गमा आरक्षित भयो । गाउँलेहरूको आदेशमा सुनील कुमारले आफ्नी श्रीमती सोनियालाई वडा ५५ का बीडीसी सदस्यका लागि प्रतिस्पर्धा गर्न लगाए जसमा उनी विजयी भइन्।

जब ब्लाक प्रमुख पद पनि अनुसूचित जातिहरूका लागि आरक्षित गरिएको थियो, एक भाजपा नेताले सुशिक्षित सोनिया गान्धीलाई भाजपाको तर्फबाट ब्लाक प्रमुखको पदमा उम्मेदवार बनाए । २६ वर्षीया सोनियाले आफ्नो नामांकन फाइल गरेपछि ब्लाक प्रमुखमा निर्विरोध निर्वाचित भइन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *