‘म मेस्सी हुँ’ भनेर २३ महिलासंग सम्बन्ध राखेको आरोप, को हुन् यिनी ?

२०७८ भाद्र २०, आईतवार २०:५१ गते २०७८ भाद्र २०, आईतवार २०:५१ गते २०७८ भाद्र २०, आईतवार २०:५१ गते

एजेन्सी । इरानका २८ वर्षका यी युवा दुरुस्ती फुटबल स्टार लियोनल मेस्सी जस्तै देखिन्छन्। उनको सामाजिक सञ्जालमा लाखौांके फलोअर्स छन् । उनी इरानका रेजा पारास्तेस हुन्, उनलाई देखेर मेस्सीका प्रशंसक झुक्किन्छन् ।

मेस्सीजस्तै देखिने भएकाले उनी रातारात सामाजिक संजाल इन्स्टाग्राममा चर्चित बने। मेस्सीको पहिचान लिएर उनले थुप्रै लाभ लिए । सामाजिक सजालमा धेरै फलोअर्स कमाए भने मेस्सीकै नामवाट गलत काम गरेको पनि पर्दाफास भएको छ । सन् २०१४ देखि इन्स्टाग्राम चलाउन थालेका उनी सन् २०१७ देखि सबैले चिन्ने भएका थिए, मेस्सी जस्तै देखिने भएकाले उनलाई सबैले फलो गरे ।

दैनिक सयौंले उनीसँग यतिबेला तस्बिर खिचाउँछन्। हाल उनको इन्स्टाग्राममा ११ लाख फलोवर छन्। उनका पिताले आफ्ना छोरा पारास्तेस मेस्सीजस्तै लागेपछि उनलाई मेस्सीको जर्सी लगाउन भने कपाल र दाह्री मेस्सीकै जस्तो समेत बनाउन लगाएका थिए।

त्यसपछि दुरुस्तै मेस्सी देखिएपछि उनको चर्चा चुलिएको हो। तर सन् २०१९ मा उनीमाथि गम्भीर आरोप लागेको छ । उनले मेस्सीको नाम दुरुपयोग गरेर महिलाहरुसंग सम्बन्ध राखेको आरोप लागेको छ ।

उनले मेस्सी हुँ भन्दै २३ महिलासँग ढाँटेर शा रि रीक सम्बन्ध बनाएको समाचारहरु आए। तर इरानी प्रहरीले छानबिन गर्दैजाँदा त्यो समाचारहरु झुठो भएको पत्ता लाग्यो। रेजा पारास्तेसले पनि आफूले कहिल्यै महिलाहरुलाई नढाटेको स्पष्टीकरण दिएका थिए। मार्का

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *