शरीरको यी भागमा कोठी हुने व्यक्तिको विवाहपछि चम्किन्छ भाग्य, तपाईको पनि छ की ?

२०७८ भाद्र २१, सोमबार १६:३० गते २०७८ भाद्र २१, सोमबार १६:३० गते २०७८ भाद्र २१, सोमबार १६:३० गते

काठमाडौं । समुद्रशास्त्रमा शरीरको अलग-अलग अंगहरुमा भएको कोठीको बारेमा केही रहस्यहरु बताईएको छ।

केही कोठीले व्यक्तिको जीवनमा आउने समस्याहरुको बारेमा बताउने गर्दछ भने केहीले उनीहरुको भाग्य र धन लाभको सूचना दिने गर्दछ। यहाँ शरीरको अंगहरुमा भएको यस्तो कोठीको बारेमा कुरा गर्नेछौँ। जसलाई विवाहपछि धन र उन्नति दिलाउने संकेत मानिएको छ।

नाकको दायाँ तर्फ कोठी छ भने तपाई विवाहपछि धनवान बन्नुहुनेछ र जिन्दगीको सबै सुख प्राप्त गर्नुहुनेछ। यदी तपाइको दायाँ गालामा कोठी छ भने यसले पैसाको चिन्ता नगर्नको लागी संकेत गर्दछ, किनकि यसले विवाह पछि तपाईसँग धेरै पैसा हुने संकेत गर्दछ।

यो पनि पढ्नुहोस

निधारमा दुवै आँखाको बीचमा कोठी हुनु तपाइको सफल जीवनको संकेत हो । तपाई विवाहपछि जीवनमा लगातार सफलता तर्फ बढ्नु हुनेछ।

हत्केलामा विवाह रेखा पछि रातो रङको कोठी हुने व्यक्तिको वैवाहिक जीवन सुखमय हुनेछ र विवाहपछि यिनीहरुको जीवनमा खुशी आउनेछ। तर कालो कोठी विवाह रेखामा हुनु ठीक यसको विपरीत परिणाम दिने गर्दछ।

पैतालामा कोठी हुनु भनेको व्यक्ति भ्रमणशील हुने संकेत गर्दछ र विवाहपछि भाग्यको ढोका खुल्ने छ। छातीको मध्य भागमा जसको कोठी हुन्छ उनीहरु दयालु हुने गर्दछ र विवाह पछि जीवनसाथीसँग यिनीहरुको सुमधुर सम्बन्ध बनिरहन्छ साथै सुख समृद्धि बढीरहन्छ।

हत्केलामा शुक्र पर्वतमा कोठीहुनु धन प्राप्तिको संकेत हो। ढाडमा भएको कोठी सुख भोगको संकेत हुने गर्दछ। जसको नाभिको मुनी कोठी हुन्छ उनीहरु धनको मामलामा निकै भाग्यशाली हुने गर्दछन् र यिनीहरुलाई धनको अभाव कहिले हुदैन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *