संखुवासभा घटना : घटनास्थलमा प्रहरी, दुई बच्चासहित ६ को कस्ले लियो ज्या’न ?

२०७८ भाद्र २१, सोमबार १८:२६ गते २०७८ भाद्र २१, सोमबार १८:२६ गते २०७८ भाद्र २१, सोमबार १८:२६ गते

संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको ह’ ‘त्या भएको छ । अ’ज्ञा’त स’मूहले आइतबार राति घरेलु ह’ति’या’र प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको ह’ ‘त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए ।

ह’ ‘त्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् । ‘तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा घरभित्रै सकुशल फेला पर्नु भएको छ,’ डिएसपी सुवेदीले भने । ‘मलाई नौ बजे घटनाबारे थाहा भयो। घर एकलासमा छ। के कसरी भएको हो अनुसन्धान भइरहेको छ,’ उनले भने,’छिमेकीले मलाई खबर गर्‍यो। मैले प्रहरीलाई खबर गरेँ।’

घरमा भेटिएका वृद्ध आँखा देख्दैनन् भने कान पनि सुन्न नसक्ने वडाध्यक्ष कटुवालले बताए। उनको अवस्था सामान्य छ।

त्यस्तै नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको बताए । ‘६ जनाको ह’ ‘त्या भएको बिहान गाउँलेले देखेछन् । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ रे,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’

घटना गएराति नै भएको आ’शंका गरिएको छ भने स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । सदरमुकामबाट प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली घटनास्थलतर्फ गएको छ । यस्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत प्रहरी टोली खोला गाउँ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको थप विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ। सुवेदीले मादी प्रहरी चौकीबाट पनि टोली घटनास्थलतर्फ गइसकेको जानकारी दिएका छन्। ‘हामीले घटनास्थललाई नियन्त्रणमा लिइसकेका छौँ’, उनले भने, ‘म पनि त्यसतर्फ जाँदैछु।’ फाइल तस्विर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed