माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलले गायक दुर्गेश थापा र भीटेनलाइ भित्र्याउने भएको छ l चितवनमा वाइसीएलले आयोजना गरेको कार्यक्रममा यी दुईलाई भित्र्याउने जानकारी गराइएको हो l वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले गायकद्धय दुर्गेश थापा र भिटेनलाई भित्र्याउने अभिव्यक्ति दिएकी हुन् l
दुर्गेश र भिटेनजस्ता युवाहरूलाई युवामा ल्याएर अब्बल दस्ता निर्माण गर्ने उनको भनाई छ । साथै ‘समाजका सबै युवाहरूलाई हामी वाइसीएलमा ल्याउँछौँ’ उनले भने, ‘एउटा राम्रो खेलाडी, राम्रो कलाकार, उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाइसीएल बन्न लामो समय कुरेर क्रियशिल भइरहन जरुरी हुन्न ।’
वाइसीएललाई सहरमा लोकप्रिय र सबैभन्दा ठुलो संगठन बनाइने कुरा पनि उक्त कुरा पनि कार्यक्रममा बताइएको थियो l पछिल्लो समय कलाकारहरूको राजनीतिक क्षेत्रमा प्रवेश गर्ने क्रम बढ्दो छ l मिडियामा राजनीतिमा नजाने भनेर खोक्रो अभिव्यक्ति दिएता पनि भित्र भित्रै भने राजनीतिक दलमा प्रवेश गरेका उदाहरणहरू धेरै छन् l
जसमा रेखा थापा , करीश्मा मानन्धर , ‘मुला साग’ सुरेन्द्र केसीहरू छन् l यी त मिडियामा देखाएर नै छिरेका थिए l नदेखाई छिर्ने त कति छन् कति ? नेताहरूले पनि कलाकारलाई पार्टीमा स्वागत गर्न तँछाडमछाड गरिरहेको खबर पनि हामीले सुनी नै रहेको हुन्छौ l
Views: 0