बालकोटबाट फर्किएकी एमसीसी उपाध्यक्ष कोटेश्वोर पुग्दा घट्यो यस्तो घटना, दर्जनौ पक्राउ

२०७८ भाद्र २५, शुक्रबार १०:०० गते २०७८ भाद्र २५, शुक्रबार १०:०० गते २०७८ भाद्र २५, शुक्रबार १०:०० गते

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारलाई कालोझण्डा देखाउने दर्जनौं व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति नेपालका संयोजक नारायण शर्माका अनुसार प्रहरीले दर्जनौं युवालाई पक्राउ गरेको छ।एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको टोली एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज दिउसो बालकोट पुगेको थियो।

बालकोटबाट ओलीलाई भेटेर फर्कनेक्रममा उनीहरुलाई कोटेश्वरमा कालो झन्डा देखाउन जम्मा भएका दर्जन बढी युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समितिनेपालले नारायण बिज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका सबै आन्दोलकारीहरुलाई तत्काल बिनासर्त रिहाइको माग गरेको छ।

त्यस्तै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।

बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन् । ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी सम्झौतामा आएका विवाद र अहिलेको अवस्थाबारे बुझ्न खोजेकी थिथइन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सभामुख र अन्य केही व्यक्तिको असहयोगका कारण सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । अहिले एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने ओलीले बताएका थिए ।

‘विगतमा हामी सरकारमा भएका बेला प्रयास गरेका हौं, केही साथीहरुको भूमिका कारण पारित गर्न सकिएन, अहिले हामी सरकारमा छैनौं’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ‘पहिले सरकारको धारणा आओस् ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed