कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो।
‘बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पुर्-याएँ’, मृतकका बुवा खड्क भट्टले भने, ‘केही पनि भएको थिएन, अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो।’
बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए। कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताए।
‘आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो’, प्रशिक्षक चन्दले भने, ‘खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो।’
आमाले नवजात शिशुको ….. फलिन मकै बारीमा
डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँ’ टी नि’मो ठे’ र ह’ त्या ग रेकी हुन् ।
अ’ वै’ध स’म्बन्ध’बाट ग’र्भ रहे’ काले माधवीले शिशुको जन्मिनासाथ यस्तो गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँ’ टी नि’ मो’ ठेर ह’ त्या ग’ रेको बताइएको छ । माधवीले नवजात शिशुको ह’ त्या ग’ रेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ।
माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन्।
Views: 0