माधव नेपालले स्पष्ट भने, ‘सार्वभौमसत्ता पैसा र अनुदानमा बेच्दैनौं, एमसीसी चाहिँदैन’ त्यसपछि फातिमाले के दिइन् जवाफ?

२०७८ भाद्र २५, शुक्रबार १५:१० गते २०७८ भाद्र २५, शुक्रबार १५:१० गते २०७८ भाद्र २५, शुक्रबार १५:१० गते

काठमाडौ । तपाईंहरु आफ्नै मान्छेले, मन्त्रीहरुले एमसीसी परियोजना इन्डो प्यासिफिक सैन्य रणनीतिको अंश हो भनिरहेका छन्ु, नेता नेपालले अगाडि भने, ‘तपाईंहरु आफैंले यसमा कन्फ्युजन सिर्जना गर्नुभयो। त्यसकारणले यो अनुदान हामी लिन चाहँदैनौँ। राष्ट्र हितविरुद्ध आउने कुनै पनि अनुदान सहयोग, पैसा हामी लिँदैनौँ । हाम्रो सार्वभौमसत्ता पैसा र अनुदानले प्रभावमा पार्न सक्नु हुन्न।’

एमसीसी बारेमा धारणा स्पष्ट पार्न भन्दै काठमाडौ आइपुगेकी एमसीसीका उपाध्यक्ष फातिमा सुमारसंग नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालले यसरी स्वष्ट धारणा राखे । उनले एमसीसीकै प्रतिनिधि र अमेरिकाले नै त्यसवारे भ्रम सिर्जना गरेका कारण नेपालमा पनि सर्वसाधारणको मनमा अनेक प्रश्न उब्जिएको बताए । जनतालाई स्पष्ट पार्न नसके एमसीसी स्वीकार नगर्ने अडान नेपालले लिएका छन् ।

उनको यस्तो प्रश्नमा एमसीसी उपाध्यक्ष फातिमाले एमसीसी सैन्य रणनीतिको अंश एक सय प्रतिशत पनि नभएको प्रतिकृया दिइन् । उनले एमसीसी बारे अमेरिकाको ओरिजिनल कागजात आफुहरुले बोकेर आएको र त्यो अध्ययन गर्न आग्रह गरिन् । उनले आफुहरु एमसीसीबारे आएका भ्रम स्पष्ट पार्न मात्र आएको भन्दै यसलाई दवावका रुपमा नबुझ्न पनि आग्रह गरिन् । छलफलमा सहभागी समाजवादीका नेता डा। गंगालाल तुलाधरले फातिमा र नेपालबीच भएको कुराकानीबारे जानकारी दिएका हुन् ।

ुतपाईंहरु आफ्नै मान्छेले, मन्त्रीहरुले एमसीसी परियोजना इन्डो प्यासिफिक सैन्य रणनीतिको अंश हो भनिरहेका छन्ु, नेता नेपालले अगाडि भने, ुतपाईंहरु आफैंले यसमा कन्फ्युजन सिर्जना गर्नुभयो। त्यसकारणले यो अनुदान हामी लिन चाहँदैनौँ। राष्ट्र हितविरुद्ध आउने कुनै पनि अनुदान सहयोग, पैसा हामी लिँदैनौँ । हाम्रो सार्वभौमसत्ता पैसा र अनुदानले प्रभावमा पार्न सक्नु हुन्न।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed