गठबन्धन भत्कदैं ! माओवादी केन्द्रले भन्यो बरु सरकार छोड्छौं, एमसीसी पास हुन दिन्नौं

२०७८ भाद्र २५, शुक्रबार १८:४७ गते २०७८ भाद्र २५, शुक्रबार १८:४७ गते २०७८ भाद्र २५, शुक्रबार १८:४७ गते

काठमाडौं । एमसीसी उपाध्यक्ष फतेमा सुमार नेपाल आएपछि यसवारे चर्चा फेरी चुलिएको छ । सुमारले सबै राजनीतिक दलका प्रमुखहरुलाई भेटेर एमसीसी बारे धारणा मागेकी छन् । एमसीसीकै विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच पनि फरक धारणा सार्वजनिक भएको छ ।

सत्तारुढ माओवादी केन्द्र एमसीसी जस्ताको त्यस्तै पास गर्न नहुने सर्तमा छ । तर प्रधानमन्त्री शेरवहादुर देउवा भने जसरी पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । उनले त्यसका लागि प्रचण्ड र माधव कुमार नेपालको साथ छोडेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ लिन चाहेका छन् ।

सरकारमा रहँदा सम्म ओली एमसीसी पास गर्नुपर्ने पक्षमा थिए । यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको बताएका छन् ।

एमसीसी उपाध्यक्ष फतेमा सुमारसँगको भेटमा प्रचण्डले सत्तारुढ गठबन्धभित्र पनि सहमति हुनुपर्ने बताएका छन् । सुमारले एमसीसबारे नेपालले अब निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई यसबारेमा दृष्टिकोण बनाउन सुझाव दिएकी छन् । प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। भेटमा एमसीसीबारे छलफल भएको थियो।

सुमारसँग प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए।

यता, नेकपा माओवादी केन्द्रका नेता तथा वागमती प्रदेशका पूर्व मन्त्री युवराज दुलालले बरु सरकार छाडेर सडकमा आउने तर एमसीसी पारित नगर्ने नीति माओवादीको रहेको प्रष्ट पारेका छन् ।

प्रचण्ड निकट प्रभावशाली युवा नेता दुलालले विगतमा पनि सभामुख अग्नि सापकोटा र कृष्णवहादुर महरामार्फत प्रचण्डले एमसीसी पारित हुनबाट रोकेको खुलासासमेत गरेका छन् ।

उनले वृहत राष्ट्रिय सहमति नभई यथास्थितिमा एमसीसी पास गर्न सकिदैन भनेर प्रचण्डले फतिमा सुमारको टोलीलाई बताएको भन्दै यसको अर्थ एमसीसी पास गर्ने पक्षमा माओवादी नरहेको भनेर बुझ्नु पर्ने बताए ।

प्रचण्डसँग सुमारको भेट लगत्तै दुलालले माओवादी नीति उदृत गर्दै भनेका छन्, ‘यथास्थिति र राष्ट्रिय सहमति कुटनीतिक भाषा हुन् । माओवादी राष्ट्रिय सुरक्षामा चुनौतिपूर्ण संशय रहेको एमसीसी पारित गर्ने पक्षमा छैन । बरु सरकार छोडेर सडकमा आउँछ तर एमसीसी पारित गर्दैन ।’उनले राष्ट्रियताको सवालमा विदेशीसामू नुझुक्ने पार्टीको धारणा रहेको समेत बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed