पुर्ण घिमिरे जो पहिले आर्मीमा जागिरे थिए र आर्मी जागीर छोडेपछि उनले आफ्नो सानो व्यापार सुरु गरेका थिए ।उनले व्यापारको लागि घरानको हिमालयन बैंकबाट रिन लिएका थिए ।उनले बैंकबाट आफ्नो व्यापार संचालन गर्न १५ लाख रुपैयाँ रिन लिएका थिए ।
पुर्णले सन् २००८ देखि कारोवार गर्न थालेका थिए र ब्याजपनि तिर्दै आएका थिए ।उनले ब्याज तिर्दै गए तर सन् २०११ देखि उनलाई बैंकले ठगी गरेको जस्तो भान भयो तर आफुसंग प्रमाण नभएर उनले त्यसबेला बोल्न सकेनन् ।पुर्णलाई शंकालागे पछि उनी त्यही समय बैंकको रिन चुक्ता गर्न भनी अगाडि बढे ।
उनले सधैं बैंकको ब्याज २०/२२ हजार तिर्दै आएका थिए र हरेक वर्ष उनले रिनको ब्याज सबै तिर्दै आएको उनले रसिद सहित देखाए ।त्यसपछि पुर्णले बैंकको सबै रिन र ब्याज तिर्न भनी बैंक गए तर बैंकले पहिलाको ब्याज पनि बाकी भएको हुँदा त्यो सबै तिर्नु भनेको उनले बताए ।तर पुर्णसंग हरेक वर्ष ब्याज तिरेको रसिद प्रमाणको रुपमा छन् ।
तर रसिद पुर्णसंग भएपनी बैंकक उक्त रेकर्ड नभएको भन्दै उनलाई बैंकले पन्छाउदै आएको थियो ।तर हिमालयन बैंकको छाप सहितको रसिद उनीसंग छ।उनले प्रहरीमा उजुरी गर्दा प्रहरीले केश दर्ता गर्न नमानेको उनको गुनासो छ ।यसरी दुखमा परेका पुर्णले हुँदै नभएको रिन बोकाउने बैंकलाई कार्वाही गरिपाउ भन्दै भौतारी रहेका छन् ।
भिडियो हेर्नुस् :-
Views: 0