मोरङमा आज एक दिनका लागी गाउँपालिका अध्यक्ष बन्दै यी १६ बर्षीय बालिका

२०७८ भाद्र २९, मंगलवार ११:५१ गते २०७८ भाद्र २९, मंगलवार ११:५१ गते २०७८ भाद्र २९, मंगलवार ११:५१ गते

मोरङ। मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव आज एक दिनको लागि गाउँपालिका अध्यक्ष बनेकी छन् । उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका प्रमुख बनाउन लागिएको हो ।

उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम गर्ने जनाईएको छ। राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १का अनुसार स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीबारे बालबालिकालाई जानकारी गराउन उनलाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको हो ।

गाउँ कार्यपालिकाले सोमबार बैठक बसी बाल दिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो।

साहस ऊर्जाले ५ असोजदेखि ७० करोडको आईपीओ बिक्रीमा ल्याउने

काठमाडौं, २९ भदौ/साहस ऊर्जाले आगामी ६ असोजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ६ असोजदेखि सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर एक सय अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । कम्पनीको निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । कम्पनीले बाँकी ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीले निष्काशन गरेको न्यूनतम १० कित्ता लागि र अधिकतम १० लाख ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा लगानीकर्ताले ६ असोजदेखि १० असोजसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा मेरो शेयरको वेबसाइट, मेरो शेयरको एप, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपि आईआर डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनी वित्तिय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ । आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी तीन अर्ब ५० करोड पुग्नेछ ।
सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed