टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता, आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

२०७८ भाद्र ३०, बुधबार ०८:५५ गते २०७८ भाद्र ३०, बुधबार ०८:५५ गते २०७८ भाद्र ३०, बुधबार ०८:५५ गते

हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मङ्गलबार फेला परेको हो ।

बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली पुगेको थियो । शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताएको उहाँले बताउनुभयो । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो । फाइल तस्विर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *