सुनको भाउमा अत्याधिक गिरावट, एकैपटक १४ सयले घट्यो भाउ

२०७८ आश्विन २, शनिबार ११:३३ गते २०७८ आश्विन २, शनिबार ११:३३ गते २०७८ आश्विन २, शनिबार ११:३३ गते

आज शुक्रबार सुनको भाउमा भारी गिरावट आएको छ । बिहिबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १४ सय रुपैयाँले घटेर तोलाको ८९ हजार १ सयमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ आज तोलामा १३ सय ५० रुपैयाँले नै घटेर ८८ हजार ६५० रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ११ सय ७० सय रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३ रुपैयाँ कायम गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *