त्रिभुवन बिमानस्थल बाट उडेका ति ६० जना नेपालीको कागजपत्र यस्तो पो रहेछ …

२०७८ आश्विन ४, सोमबार ०९:१५ गते २०७८ आश्विन ४, सोमबार ०९:१५ गते २०७८ आश्विन ४, सोमबार ०९:१५ गते

काठमाडौंबाट अमेरिका जाने उद्देश्यले जर्मनी पुगेका ६० जना नेपाली त्यहाँको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन्। दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्ने दाउमा रहेका उनीहरूलाई कागजात नक्कली देखिएपछि फ्र्यांकफर्ट विमानस्थलको अध्यागमन विभागले समातेको हो।

तीमध्ये मेक्सिको पुगिसकेका तर त्यहाँको प्रहरीले पहिले हवाईजहाज चढेको विमानस्थल फ्र्यांकफर्ट नै फर्काइदिएका र केही भर्खर मेक्सिको उड्ने तयारीमा रहेकाहरू छन्।

मेक्सिकोबाट फर्काइएकाहरूलाई मस्को नै फिर्ता पठाउने तयारी जर्मनीको प्रहरीले गरेको जर्मनीस्थित नेपाली राजदूतावासले जनाएको छ। फ्र्यांकफर्ट विमानस्थलमा समातिएकामध्ये एक नेपालीले बताएअनसार आफूहरू एक हप्तादेखि नियन्त्रणमा परेको बताएका छन्।

एक जना पीडितका अनुसार त्यहाँ अलपत्र नेपालीमध्ये धेरैजसोलाई एक जना दलालले अमेरिका पठाउने भन्दै दुई साताअघि काठमाडौंबाट दुबई (यूएई) पठाएका थिए। त्यहाँबाट त्यहीँका विदेशी दलालले उनीहरूलाई मस्को पठाइदिएका थिए। त्यहाँबाट उनीहरू आफ्नै खर्चमा मेक्सिको पुगेका थिए।

त्यसपछि सबैको ट्रान्जिट जर्मनीको फ्र्यांकफर्ट विमानस्थल परेपछि उनीहरू अमेरिका छिर्न भनेर फ्र्यांकफर्ट पुग्दा जाँचका क्रममा कसैका कागजात नपुगेको तथा कसैका नक्कली भएकाले पक्राउ परेको बताइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *