लागूऔषध विदेश निर्यात गर्ने गिरोहका ९ जना पक्राउ

२०७८ आश्विन ५, मंगलवार २१:३८ गते २०७८ आश्विन ५, मंगलवार २१:३८ गते २०७८ आश्विन ५, मंगलवार २१:३८ गते

काठमाडौं, ५ असोज – लागूऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेश, चरेश लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानहरू तथा सो बनाउन प्रयोग हुने औजार सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका-३ का ३६ वर्षीय श्याम प्रसाद रोका, सोही ठाउँका ३५ वर्षीय वीर बहादुर रोका मगर, सोही ठाउँका ४४ वर्षीय दिल बहादुर रोका, धादिङ गंगा जमुना गाउँपालिका-४ का ३३ वर्षीय अनिल बहादुर घले, सोही ठाउँका २८ वर्षीय सुन बहादुर गुरुङ, धादिङ खनियाबास गाउँपालिका-५ का २८ वर्षीय याङ्की भन्ने जित बहादुर तामाङ, सोही ठाउँका ३६ वर्षीय माईला भन्ने कृष्ण बहादुर तामाङ, नुवाकोट बिदुर नगरपालिका-१३ का ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ र सोही नगरपालिका-९ का ३४ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।

कतार एयरवेजबाट भदौ २१ गते बिहान दोहा जान लागेका श्याम प्रसाद रोका र वीर बहादुर रोका मगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट ४ केजी ३५ ग्राम लागूऔषध चरेस सहित पक्राउ गरी प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न दिल बहादुर रोका, अनिल बहादुर घले, सुन बहादुर गुरुङ, जित बहादुर तामाङ र कृष्ण बहादुर तामाङ समेतलाई प्रहरीले पक्राउ गरेको थियो । साथै कतार पठाउन चरेश दिने उर्पा तामाङलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरी उनको कोठाबाट २३ थान हेन्डीक्राफ्ट र १६ थान डायरीमा लुकाई विदेश पठाउन तयारी राखेको चरेश ३ किलो ५ सय ७९ ग्राम, चरेशको पाता बनाउनको लागि प्रयोग गरिने औजार लगायतका सामानहरु समेत बरामद गरी उनीसँग चरेशको कारोबारमा संलग्न वीर बहादुर तामाङलाई भदौ ३० गते नुवाकोट बिदुर नगरपालिका-९ बाट प्रहरीले पक्राउ गरेको हो ।

उर्पा तामाङ र वीर बहादुर तामाङले भारतीय नागरिकको संलग्नतामा भारत हुँदै हङकङ, थाईल्याण्ड, टर्की लगायतका देशहरुमा चरेश निकासी गर्दै आएको र पछिल्लो समय लागूऔषध मेथामफेटामाइनको धन्दा समेत गर्ने तयारी गरिरहेको तथा उर्पा तामाङ २०५४ मा लागूऔषध हेरोईन सहित पक्राउ परी १९ वर्ष जेल सजाय भुक्तान गरी २०७३ मा रिहा भएको, जेल मुक्त भए पश्चात पुनः लागूऔषध कारोबारमा संलग्न रहेको र विदेश जाने व्यक्तिहरुका लागि विभिन्न
तालिम सम्बन्धि नक्कली प्रमाणपत्रहरु बनाई विक्री वितरण समेत गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको सम्बन्धमा लागूऔषध मुद्दामा म्याद लिई बिस्तृत अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *