भरुवा बन्दुक सहित ५ जना पक्राउ

२०७८ आश्विन ५, मंगलवार २२:०३ गते २०७८ आश्विन ५, मंगलवार २२:०३ गते २०७८ आश्विन ५, मंगलवार २२:०३ गते

सिन्धुली, ५ असोज – दुधौली नगरपालिका-२ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित सोही ठाउँ जलकिनी बस्ने ५० वर्षीय नुर बहादुर बस्नेत लगायत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा बस्नेतको घर र गोठ तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा १ जनाको मृत्यु

सप्तरी, ५ असोज – खडक नगरपालिका-६ विरपुरस्थित सडकमा बा.१४ च ६२७९ नम्बरको पिकअप र ना.३७ प ३८९४ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको युनिभर्सल अस्पताल कल्याणपुर हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका पिकअप चालकको प्रहरीले खोजी गरिरेहको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *