मूलगेटको ताल्चा फुटाई विभिन्न धनमाल चोरी

२०७८ आश्विन ५, मंगलवार २२:१६ गते २०७८ आश्विन ५, मंगलवार २२:१६ गते २०७८ आश्विन ५, मंगलवार २२:१६ गते

चितवन, ५ असोज – भरतपुर महानगरपालिका-७ पन्चोश्वरी टोलस्थित सुरेश बास्तोलाको घरबाट मूलगेटको ताल्चा फुटाई सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ । चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरेहको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिराहा, ५ असोज – गोलबजार नगरपालिका-६ सैनिक टोल बस्ने साने कुमार महतोले संचालन गरेको रबिन्द्र एण्ड रनबिर जनरल स्टोरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा नगद ४ हजार रुपैयाँ तथा विभिन्न किराना सामानहरु जलेर करिब १० लाख रूपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीयबासिन्दा, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं, ५ असोज कैलाली, जानकी गाउँपालिका-९ शिवशक्ति सामुदायिक वन पछाडि कर्णाली नदीको किनारमा करिब ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै गरी  रुपन्देही, बुटवल उपमहानगरपालिका-१६ नरेनापुरस्थित दानव खोलाले बगाइ ल्याएको अवस्थामा करिब १८ महिनाको बालक सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *